काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैंँ सरकारका काममा अवरोध मात्रै आएको जनाउँदै पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट गरे ।
उनले विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर पार्टीका अन्य नेताहरु सरकार र मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटामा अग्रसर भएको आरोप लगाउँदै भने, “हामी एकता, एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ महाधिवेशन गर्ने, विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट हुने पार्टी बनाउन सक्रिय थियौंँ तर नेताहरु पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनुभयो ।”
अप्ठेरो अवस्थामा जनतासमक्ष जानुलाई निरङ्कुश कदम भनी चलाइएको हल्ला गलत भएको जनाउँदै उनले अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ठोकुवा गरे । “एकतापछि पार्टी सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उनीहरु कहिल्यै राजी भएनन्, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन, हातहाती चाहिन्छ भनी उहाँहरुको स्वार्थले घेरिनुपर्यो”, प्रधानमन्त्री ओलीले भने।
“साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौंँ र यसमा सफलता पनि पाएका छौं । वर्षौँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए”, उनले भने, “सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।”
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । “तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्”, प्रधानमन्त्री ओलीले भने, “कसले काम ग¥यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र, तिकडम मात्र गर्यो, जनतालाई बुझाउनुपर्छ ।”
संसद् विघटन आइतबार भएपछि प्रधानमन्त्री ओलीले आफ्ना निकटका निवर्तमान सांसदलाई आज बालुबाटारमा बोलाएका थिए । प्रतिनिधिसभा निर्वाचन आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: