Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्लाष्टिक फोहर व्यवस्थापनमा स्थानीयवासी

भोजपुर । प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयवासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाइने कच्चापदार्थ प्रयोग गरेर स्थानीय भाषामा भुकान अर्थात फोहर फाल्ने टोकरी निर्माण गरेर घरघरमा तथा सार्वजनिकस्थलमा राख्न थालेका छन् ।

फोहर तथा प्लाष्टिकजन्य फोहर व्यस्थापन गर्न भुकान अर्थात फोहर हाल्ने डस्बिनलाई स्थानीयस्तरमा पाइने बाँस, निगालो, मालिङ्गोलगायत प्रयोग गरेर निर्माण गर्दै आएको १८ वर्ष पुगेको अवसरमा वातावरण सचेतना कार्यक्रम गरिएको छ ।

प्लाष्टिकजन्य वस्तुलाई जथाभावी फाल्दा वातावरणमा प्रदूषण हुने साथै फोहर राख्नका लागि पनि धातु तथा प्लाष्टिकबाट बनेका भुकान अर्थात फोहर फाल्ने टोकरी बजारबाट किनेर प्रयोग गर्ने प्रचलन रहेकाले स्थानीय स्रोत साधनबाट बनेका सामग्रीको प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तथा सङ्गम जडीबुटी उद्योगका सञ्चालक सङ्गम राईले बताए ।

राईले भुकानको विस्तार गर्दै वातावरणीय क्षेत्रको सरसफाइमा जुट्दै आएको सिक्की सङ्घ नेपाललाई सङ्गम जडीबुटी उद्योगका तर्फबाट रु दश हजारसमेत सहयोग गरे ।

सिक्की सङ्घ नेपालका अध्यक्ष नीरकुमार राईले आफूले सङ्घको स्थापना गरेर वातावरणको विकासमा जुटेको बताए । उहाँ आफैले बनाएर सङ्घका लागि २१८ वटा भुकान वितरण गरेको जानकारी दिए ।

वडाध्यक्ष नरबहादुर राईले सिक्की सङ्घले गरिरहेको काममा वडा कार्यालयले पनि सहाकार्य गरेर वातावरणीय सरसफाइमा जुट्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending