Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

वाग्मती प्रदेशमा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी बनाउने उद्योग स्थापना

मकवानपुर । वाग्मती प्रदेश सरकार र चितवनका स्थानीय तहको साझेदारीमा राप्ती नगरपालिका– ७ गढुवामा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको स्थापना गरिने भएको छ ।

उक्त प्लान्टको भवन निर्माण गर्न प्रदेश दूग्ध विकास बोर्डले केही दिनभित्र बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई यथाशीध्र निर्माण कार्य शुरु गराउन तयारी भइरहेको प्रदेश दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर शत्रुघनप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको साझेदारी सम्झौताअनुरुप ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा दूध प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योग निर्माण भई सञ्चालन हुने छ । वाग्मती प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त प्लान्ट निर्माण गर्न रु २४ करोड ३७ लाख अनुदान रकम विनियोजित गरिसकिएको र बोलपत्रमा कबुल भएअनुसार निर्माणको लागतको रकममा घटबढ हुने सम्भावना रहेको पनि दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर साहले जानकारी दिए ।

दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगले चितवनस्थित विभिन्न दूग्ध सहकारी संस्थाबाट दैनिक ३० हजार लिटर दूघ खरिद गरी प्रशोधन गरिएपछि क्याटवरी बनाउने लक्ष्य लिएको छ । उत्पादित क्याटवरी विभिन्न शहरमा आपूर्तिका लागि पठाइने भएको प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।

सो दूध प्रशोधन तथा क्याटवरी उद्योगले वार्षिक रुपमा एक करोड आठ लाख लिटर दूघ प्रशोधन गरी क्याटवरी बनाउने प्रयोजनका लागि विभिन्न उपकरण खरिद गरेर जडान गर्नेतर्फ गृहकार्यका साथ बजेट विनियोजन हुने प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले बताए ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा चितवनको दूध प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको डिपिआर तयार गरी बोलपत्र आह्वानका लागि प्रदेश दूग्ध विकास बोर्डलाई हस्तान्तरण गरिसकिएको पनि जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending