Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

सर्जकका रचनाले मुलुक परिवर्तनमा भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री पौडेल

भरतपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताएका छन् । चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले मुलुक परिवर्तन गर्ने दायित्व सबैको काँधमा आएको बताए ।

“परिवर्तनका लागि जनतामा गीत–सङ्गीत र रचनाले जुन छाप छोड्छ भाषणले छाड्दैन”, उनले भने, “देशमा ठूला परिवर्तनका लागि गीत–सङ्गीतले महत्वपूर्ण भूमिका खेलेको छ ।” राष्ट्र निर्माणमा गीतकार, सङ्गीतकार, कलाकार सबैको ध्यान केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड छ । “कलममा भएको शक्ति अरु केहीमा छैन, यसले सिङ्गो मुलुकलाई परिवर्तन गर्न सक्छ”, उनले भने । हरेक कुरामा नकरात्मक नभई सकरात्मक सोचका साथ मुलुक परिवर्तन गर्ने दायित्व हामी सबैको भएको उनले बताए ।

मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भए पनि आचरणमा परिवर्तन ल्याउन नसकेको बताएका छन् । देशमा जुनसुकै तन्त्र आए पनि नागरिकले अनुभूत गर्ने खालको परिवर्तन हुनुपर्ने भन्दै उनले सबैको कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए । “देशमा राज्य व्यवस्था फरक हुँदैमा केही हुँदैन”, उनले भने, “परिवर्तनका लागि सकरात्मक सोचको विकास गरौँ ।” नेपाली गीत सङ्गीत, भाषा, संस्कृतिको संरक्षण र उत्थान गर्नुपर्नेमा उनको जोड छ । नेपाली लोकसङ्गीत नसुन्ने अहिले गाउँदै हिँड्न थालेका मुख्यन्त्री पौडेलले बताए ।

कार्यक्रममा यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको थियो । उहाँलाई मुख्यमन्त्री पौडेलले नगद रु एक लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरे । सो अवसरमा बोल्दै गीतकार नन्दनले सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले पुरस्कार सम्पूर्ण साहित्य जगत्लाई प्रदान गरेको अनुभूत आफूले गरेको बताए ।

यस्तै यस वर्षको उत्कृष्ट गीतकारका रूपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ । कार्यक्रम गीतकार सङ्घका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE