काठमाडौँ । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो ।
कोरोना सङ्क्रमण बढेसँगै टोखाको ६२औँ नगर कार्यपालिकाको बैठकले कोरोना पोजेटिभ भई घरमा बस्ने बिरामीका लागि १४ दिनसम्म सन्तुलित भोजनका लागि प्रतिदिन रु ३५० भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाभित्र बसोबास गर्ने एक परिवारको एक जना मात्र कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसेकालाई १४ दिनको एकमुष्ट रु चार हजार ९०० र एकै परिवारका एकभन्दा बढी व्यक्ति कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बस्नेलाई रु सात हजार उपलब्ध गराएको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले राससलाई जानकारी दिए ।
टोखाले हालसम्म कोरोना पोजेटिभ देखिएर होमआइसोलेसनमा बस्ने ६०९ व्यक्तिलाई चार हजार ९०० का दरले रु २९ लाख ८४ हजार १०० उपलब्ध गराएको छ । यस्तै एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्ने १७५ परिवारलाई रु सात हजारका दरले रु १२ लाख २५ हजार उपलब्ध गराएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपाल र काठमाडौँ उपत्यकामा प्रवेश गरेसँगै यसको असर टोखा नगरपालिकामा पनि सबैभन्दा धेरै देखियो । टोखा नगरपालिकामा काठमाडौँको महानगरपालिकापछि धेरै सङ्क्रमित भेटिएका थिए ।
नगरपालिकाले हालसम्म पाँच हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५०२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको टोखा स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण हालसम्म टोखामा नौ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै आजको मितिसम्म आइपुग्दा ९८ सक्रिय सङ्क्रमित छन् ।
नगरपालिकाले होमआइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितलाई भत्ताका साथसाथै कोरोनाको उपचारका लागि टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रूपमा स्थापना गरेर कोरोना सङ्क्रमितको उपचारसमेत गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।
टोखाकै नगर कार्यपालिकाको बैठकले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालका लागि बढोत्तरी गर्ने निर्णयानुसार अस्पताललाई प्रदेश अस्पताल बनाउन मन्त्रिपरिषद्ले समेत स्वीकृत दिइसकेको छ । टोखाले कोभिड–१९ सँग सम्बन्धित अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई भत्तासमेत उपलब्ध गराएको छ । टोखाले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवकको मनोवल उच्च राख्न ४४८ जनाको कोरोना बीमासमेत गरिदिएको छ । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् । टोखाले सबै जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकलाई रु एक लाख बराबरको कोरोना बीमा गरेको हो ।
नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि झण्डै रु पाँच करोड रकम खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहत, कन्ट्याक्ट ट्रेसिङ, स्वयंसेवक, खाना तथा खाजा, अनुगमन, प्राविधिक र सुरक्षाकर्मी सरसफाइ, सूचना सन्देश प्रसारण, आइसोलेसन सामग्री खरिद, आइसोलेसन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि उक्त रकम खर्च गरेको हो । यस्तै, ह्याण्ड वास स्टेशन निर्माण, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मलगन खरिद, सर्जिकल सामान खरिदका लागि समेत रकम खर्च गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: