अबुजा । नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जनाएको छ ।
यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।
बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो ।
नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए ।
सो राज्यका गभर्नर अमिनु मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताए । उनले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताएका हुन् ।
मासारीले अपहरणकारीहरुले स्वीकार गरिसकेको समाचार आएको पनि बुधबार जनाए । उनले ती अपहरणकारीहरु सरकारी खोजकर्ताहरुको सम्पर्कमा आएका र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको बताएका छन् ।
बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयहरुमा आफूहरुले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरुसँग रहेको बताएका छन् ।
सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएकै बेला यो सन्देश आएको छ ।
हराएका बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् ।
नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उता गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गरेका थिए । सो बमोजिम बोर्डिङ स्कुल बन्द गराइएको छ ।
पछिल्लो समयमा यहाँका विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताएका थिए । सोही बमोजिम सुरक्षा निकायले खोजी जारी राखेको पनि बताइएको छ ।
नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । तर यो पछिल्लो पटक भएको अपहरणको घटनाको बारेमा भने उनीहरुले केही बताएका छैनन् । सरकारले भने सो समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने जानकारी गराएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: