Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ : मन्त्री नेम्वाङ

\"\"

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बताए ।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने बताएका हुन् । “परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्”, स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्वाङले बताए, “जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोहीअनुसारको निर्णय लिन्छ ।”

उक्त सडक निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एप्कोका प्रतिनिधिको कुरा सुनेपछि मन्त्री नेम्वाङले निर्माण कम्पनीबाट समस्या सिर्जना गर्ने र दोषारोपण गर्ने काम भएको बताए । उनले स्थानीयवासीको सुझावका आधारमा निर्णय लिई सडक निर्माणलाई गति दिने दृढता व्यक्त गरे । “अहिलेकै गतिले यो सडक समयमा निर्माण पूरा भई जनताले सेवा लिन पाउने अवस्था बन्दैन, यही मन्त्रालयको निष्कर्ष हो ।” मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले समस्या सिर्जना गर्ने तर समाधान गरेर निर्माण कार्यलाई द्रूत पार्न नचाहने प्रवृत्तिले समस्या ल्याएको बताए ।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवको टोलीले स्थलगत निरीक्षण गरेको हो । मेची र कोशी राजमार्ग जोड्ने यो सडकको विसं २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एक सय एक किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, मन्त्रालयका सचिव श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको टोलीले आइतबार यो सडकको चिसापानी पञ्चमीदेखि भेडेटारसम्म निर्माण अवस्थाको निरीक्षण गरेको छ । सरकारले विशेष चासोमा राख्दाराख्दै पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि आगामी योजना तय गर्न मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

टोलीले निर्माणको अवस्थाबारे स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, निर्माण कम्पनी तथा राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयसँग अन्तक्र्रिया गरेको हो । मन्त्री नेम्वाङले चिसापानी पञ्चमी, कन्याटार, छनम्बर बुधबारे, राजारानी र भेडेटारमा स्थानीयवासीसँग सडक निर्माणमा भएको ढिलासुस्तीबारे प्रत्यक्ष जानकारी लिएका थिए । यस्तै राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयको आयोजनामा पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारेमा सर्वपक्षीय अन्तरक्रियासमेत सम्पन्न भएको छ । अन्तक्र्रियामा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीले ठेक्का तोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा धनकुटाको चौबीसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईलगायतले निर्माण व्यवसायी गैरजिम्मेवार हुँदा समयमा निर्माण सम्पन्न नहुने अवस्था आएको बताए । यस आयोजनाका लागि भारतको आयात–निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अमेरिकी डलर तीन करोड २६ लाख १८ हजार ५४१ मा ठेक्का सम्झौता भएको छ । यति लामो सडकखण्डमा केही ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने भए पनि सडक पुल भने कहीँ पनि निर्माण गर्नु नपर्ने आयोजना प्रमुख अभिमनदास मुल्मीले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies