काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको छ । काभ्रेपलाञ्चोकमा एक साताअघि आयोजित दुई पार्टी प्रवेश कार्यक्रममा चन्दका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । दुवै कार्यक्रममा नेकपामा नवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए।
गत साता दुई दिनका फरकमा सदरमुकाम धुलिखेल र बनेपामा दुई कार्यक्रम भएका थिए । धुलिखेलको कार्यक्रममा ७५ र बनेपाको कार्यक्रममा ७० नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।
दुई कार्यक्रमका नवप्रवेशीमा धुलिखेल नगरपालिका–१० निवासी ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष भनिएका कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भनिएका रमेश नेपाली, जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घका जिल्लाध्यक्ष भनिएकी सम्झना परियार, पूर्वी ब्युरो सदस्य भनिएका रामकुमार तामाङलगायत पार्टीका जनवर्गीय सङ्गठनका नेताकार्यकर्ता थिए ।
कान्छा तामाङका अनुसार चन्द समूहका काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ मात्रै सदस्य रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेताकार्यकर्ता छन् । उनीहरुमध्ये केहीलाई नेकपामा प्रवेश गराउने प्रक्रिया थालिएको उनले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले हालको ‘क्रान्ति’ बेअर्थ लागेर सबै जिल्लाबाट नेताकार्यकर्ता नेकपामा प्रवेश गरिरहेकाले चन्दलाई पनि नेकपामा समाहित हुन आग्रहसमेत गर्दै आएका छन् ।
नेकपाका काभ्रेपलाञ्चोक इञ्चार्ज बाँस्कोटा केही महिनायता विभिन्न पार्टीका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउन सक्रिय भएका छन् । बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई काभ्रेपलाञ्चोकमा अभियानकै रुपमा सञ्चालन गर्दै आएका छन्। उनको पार्टी प्रवेश गराउने श्रृङ्खला गत साउन महिनादेखि शुरु भएको हो ।
नेकपा केन्द्रीय सदस्य बाँस्कोटाले गत साउनमा पनौती नगरस्थित बल्थलीमा नेपाली काँग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराए। उनले गत असोज ६ गते पनौतीमै कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने २५ नेताकार्यकर्तालाई सदस्यता प्रदान गरेका थिए।
बाँस्कोटाले गत असोज २६ गते आफ्नै गृहनगर मण्डनदेउपुरका ३५ भन्दा बढी विभिन्न पार्टीका नगरस्तरीय नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराए। यसलगत्तै बाँस्कोटाकै सक्रियतामा कात्तिक ६ गते पनौती नगरका कांग्रेसका ४१ नेताकार्यकर्ता नेकपामा प्रवेश गरे ।
सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को महाभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको प्रतिनिधिसभा सदस्य बाँस्कोटाले बताए । “पार्टी प्रवेश गराउने काममा निरन्तर लाग्नेछु । केही नेताकार्यकर्ता विकास–क्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेका हुन्”, उनले जिकिर गरे। उनको सक्रियतामा हालसम्म दोस्रो ठूलो दल कांग्रेसलगायत विभिन्न दलबाट ४०० भन्दा बढी नेकपामा प्रवेश गरिसकेका छन् । बाँस्कोटाका अनुसार अभियानकैरुपमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रम आयोजना हुनेछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: