Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पार्टीको आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे। कोरोना भाइरसको उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उनले सरकारी अस्पतालले निःशुल्क उपचार गर्दा पनि कतिपय बिरामीलाई परिवारले निजी अस्पतालमा लैजाने गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे । उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक वर्षसम्म बुबाआमालाई आफ्नो तर्पmबाट खाजाको व्यवस्था गर्ने जानकारी दिए । अर्का प्रदेशसभा सदस्य विन्दु थापाले समाजका ज्येष्ठ नागरिकलाई घरघरमा दिनुपर्ने व्यवहार यथेष्ठ नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भए पनि सुविधा पुग्ने बताए।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले आप्mनो व्यक्तिगततर्पmबाट रु ५० हजार १५५ अक्षयकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेशसभा सदस्य मीना गुरुङ र पुष्पा केसी भण्डारीले ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताए । कार्यक्रममा केन्द्रको निरन्तरताका लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरी राजेश गुरुङले रु एक लाख, लोकबहादुर थापाले रु ५० हजार र कार्यसमितिको तर्पmबाट रु १२ लाख गरी कूल रु १४ लाख जम्मा भएको अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए ।

बडहर बोटस्थित सार्वजनिक जग्गामा कूल रु तीन लाखको लागतमा तीनतले पक्की भवन निर्माण गरिनेछ । भवनको पहिलो तलामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अध्ययन स्थल र भान्छा रहने छ भने दोस्रोमा प्रवचन तथा योगा हल तथा तेस्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट रु एक करोड, पोखरा महानगरपालिकाबाट रु एक करोड र सङ्घीय एवं प्रदेशसभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वासन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending