काठमाडौं । मानव बेचबिखन नेपालको मात्र नभएर अहिले विश्वको साझा समस्या बन्न पुगेको छ । विश्वमा अहिले तस्करी हुनेमध्ये मानव तस्करी तेस्रो स्थानमा आउने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ - नेपालमा केही दशकअघिसम्म नेपालबाट भारतमा महिलाको बेचबिखन हुने गरेको थियो भने २०४६ को परिवर्तनपछि विस्तारै मानव बेचबिखन तथा तस्करी तेस्रो मुलुकमा समेत हुन थालेपछि यो समस्या राज्यको टाउको दुखाइको विषय बन्न पुगेको थियो । नेपालबाट भारतका विभिन्न वेश्यालयमा नेपाली चेली बेचिने क्रमले तीव्रता पाउन थालेपछि सरकारले नेपाल प्रहरीलाई यसको नियन्त्रण गर्ने जिम्मा दिएको छ ।
प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन नियन्त्रण गर्न मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेर विगतदेखिका यस्ता काममा संलग्न रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ । ब्युरोले बितेको ७ महिनामा मानव बेचबिखनमा संलग्न रहेका १ सय ३८ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।
ब्युरोले पीडितको बयानका आधारमा पीडकको पहिचान गरे पनि पीडितलाई फेला पार्न नसक्दा ३५ जना अभियुक्त अहिले खुलेआमरुपमा हिँडिरहेको निष्कर्ष निकालेको छ । ब्युरोका प्रमुख एसएसपी देवबहादुर बोहोराले विगतमा प्रहरी प्रशासनले उजुरी लिँदा पीडितको घर ठेगाना राम्रोसँग उल्लेख नगरिदिएका कारण समस्या उत्पन्न भएको बताए ।
विभिन्न प्रहरी कार्यालयले अहिले बेचबिखनसम्बन्धी मुद्दा ब्युरोमा पठाउने गरेको भए पनि घरठेगाना नै गलत परेकाले पीडकहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको एसएसपी बोहोरा बताउँछन् । ब्युरोले आफ्नो जनशक्तिलाई विभिन्न समूह बनाएर पीडित खोज्न पठाएको भए पनि पीडितहरु नभेटिँदा पीडकहरु पहिचान भए पनि कारबाहीको दायरामा ल्याउन नसकेको उनी बताउँछन् ।
अहिलेसम्म आएका मुद्दामा १३ वटा ब्युरोमा दर्ता भएको, केन्द्रीय अनुसन्धान ब्युरोले पठाएको २०, महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ६ र महानगरीय प्रहरी परिसर काठमाडौंबाट ९९ वटा मुद्दा आएकोमा २३ वटा मुद्दा फछ्र्योट भएका छन् भने अन्य मुद्दा फछ्र्योट हुने क्रममा रहेको एसएसपी बोहोराले बताए ।
एउटै व्यक्तिविरुद्ध ९ वटासम्म मानव बेचबिखनविरुद्ध उजुरी परेको भए पनि त्यस्ता व्यक्ति खुलेआमरुपमा समाजमा बसिरहेको समेत अनुसन्धानको क्रममा प्रहरीले पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको छ ।
नेपाल भारत खुला सीमाक्षेत्रको फाइदा उठाएर मानव तस्करहरुले नेपाली महिला मात्र होइन, बालबालिकाका साथै पुरुषहरुको समेत तस्करी हुने गरेको एसएसपी बोहोरा बताउँछन् । मानव अंग बेचबिखन गर्ने गिरोहले स्वदेशका साथै विदेशमा समेत लगेर मानव अंग तस्करी हुने गरेकाले त्यसलाई नियन्त्रण गर्नसमेत नयाँ योजना अघि सारेको दाबी गर्छन् एसएसपी बोहोरा ।
सीमित साधन र स्रोतका बाबजुद ब्युरोले लामो समयदेखि नेपाल प्रहरीका लागि प्रतिष्ठाको विषय बनेका र केन्द्रीय अनुसन्धान ब्युरोले समेत पत्ता लगाउन नसकेका केसहरु मानव बेचबिखन ब्युरोले पत्ता लगाएर अभियुक्तलाई पक्राउ गर्न सफल भएको उनी बताउँछन् । ब्युरोले मानव बेचबिखनमा संलग्न रहेका त्रिभुवन विश्वविद्यालयका प्राडादेखि जनप्रतिनिधिलाई समेत पक्राउ गरेर मुद्दा चलाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: