फुङ्लिङ । ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँ—गाउँमा यातायात सेवाको पहुँच पुर्याएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निमार्ण गरी गाउँ—गाउँमा यातायात सेवाको पहुँच पुर्याएको हो । फक्तताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ ।
गाउँपालिकाको वडा नं १ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । त्यस्तै वडा नं ३ लिङखिम, वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।
अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेवल पुल निर्माण सम्पन्न नभइन्जेल गाउँपालिकाले विगत तीन वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गर्दै आएको छ । अस्थायी काठे मोटरेवल पुलबाट गाउँपालिकाको वडा–वडा र गाउँ—गाउँसम्म गाडी सहजै पुग्दै आएको छ । घर आगनमा गाडी आइपग्दा स्थानीयवासी निकै खुशी भएका छन् ।
तमोर नदीको चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पुर्याएको गाउँपालिकाले यो वर्ष वडा नं १ सावादिन र वडा नं ३ लिखिम जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका ९०१ घरपरिवारले यातायातको सेवाबाट लाभान्वित हुनेभएको छ ।
यसैगरी गाउँपालिका– ५ छिरुवा र वडा नं ४ इखाबु गाउँ जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेवल निर्माण भएको छ । पुल निर्माणसँगै सो क्षेत्रका ४२२ घरपरिवारले प्रत्यक्ष लाभान्वित हुनेभएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा नं ६ साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका ३०० घरपरिवारले यातायात सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र ओलाङचुङ गोलाका २९९ घरपरिवारले प्रत्यक्ष रुपमा यातायातको सेवाबाट लाभान्वित भएका छन् ।
स्थानीयवासी आवागमनमा सहजता प्रदान गर्नका लागि काठे मोटरेवल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: