ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि क्रमशः औलतर्फ झर्दै मङ्सिर लागेसँगै २०० बढी भेडाको बथानसहित गाउँघरमै आइपुगेका हुन् । “याम्फुदिन, सुरुम्खिम, कालीखोलाका विभिन्न खर्क हुँदै गाउँमै आइपुगियो, फागुनसम्म औलमै गोठ राख्नुपर्छ”, भक्तबहादुरले भने।
चिसो बढेसँगै भेडाले औलतर्फ झर्ने सङ्केत गर्ने उनको भनाइ छ । “गर्मी बढेपछि औलबाट क्रमशः उकालो चढ्छन्, तल झर्न मान्दैनन्, फेरि लेकमा जाडो बढेपछि ओरालोतर्फ झर्छन्, सोहीअनुसार गोठ सार्ने गर्नुपर्छ”, उनले बताए । यता फुङलिङ नगरपालिकामा पर्ने फावाखोलाका गोपाल विष्ट पनि ३०० भेडाको बथानसहित फक्ताङलुङ गाउँपालिकामा पर्ने लेलेपमा झरेका छन् । करिब चार हजार मिटरमाथिको उचाइमा पर्ने चेइराम, सेलेलेलगायतका क्षेत्रमा महिनौँ दिन बिताएका विष्ट जाडो बढेसँगै भेडी गोठ लिएर औल झरेको हो । केही दिन सोही क्षेत्रमा नै गोठ रहने र मङ्सिर अन्तिमतिर फावाखोला क्षेत्रमा आइपुग्ने उनको योजना छ ।
प्रायः उच्च हिमाली क्षेत्र रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले हिमाली क्षेत्रका विभिन्न खर्क हुँदै यतिबेला भेडाका बथान बेँसीसम्म आइपुगेका हुन् । फागुनदेखि भने भेडाको बथान उकालोतर्फ नै लाग्छन् । ताप्लेजुङको फावाखोला, याम्फुदिन, खेवाङ, सुरुम्खिम, आङ्खोप, लिंखिमलगायतका करिब एक दर्जन किसानले भेडापालन गरेका छन् । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरुपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ ।
“उच्च क्षेत्रका खर्कमा वन कुकुर, भालु, हिउँ चितुवाले आक्रमण गरेर धेरै भेडा मर्छन्, कति रोगले मर्छन्, अर्कातिर खर्कहरु मासिँदै गएका छन्, सामुदायिक वन क्षेत्रमा धेरै शुल्क तिर्नुपर्छ, जनशक्ति नपुग्दा स्याहार गर्न पनि गाह्रो छ”, गोपाल विष्टले भने । गएको भदौमा मात्रै ३२ वटा भेडा वन्यजन्तुको शिकार बनेको विष्टको भनाइ छ । यस्तै दर्जनौँ भेडा जङ्गलमै हराएको समेत विष्टले बताए।
भेडीगोठ लोप हुँदै गएको अवस्थामा यसको महत्व पनि थपिँदै गएको छ तर अनेकौँ समस्याले कतिपय भेडापालक किसान अन्य पेशा व्यवसायतर्फ लागेका छन् । वर्षौंदेखि भेडापालन गर्दै आएका फावाखोलाका चतुरमान इजम, भीमबहादुर कार्की, भीमबहादुर विष्ट, बलराम विष्ट र धनबहादुर विष्टलगायतले भेडीगोठ छाडेर अन्य पेशा व्यवसायमा लागेको स्थानीय कमल विष्टले बताए। भेडा बहुउपयोगी जनावरको रुपमा लिने गरिन्छ । भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ । यस्तै यसको मासुसमेत प्रायले रुचाउँछन् । ऊनबाट बनेका कपडा धेरै न्यानो हुन्छन् भने यसको घ्यू विभिन्न घाउखटिरा आउँदा, आगोले पोल्दा औषधिको रुपमा प्रयोग हुने गरेको बताइन्छ । पाल्न सक्दा राम्रो आम्दानीको स्रोत मानिने भेडीगोठको संरक्षण र वृद्धि विकासका लागि सरकारले थप अनुदानलगायतका सहुलियत प्रदान गर्न आवश्यक रहेको स्थानीय किसानको भनाइ छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: