Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

४६ किलोमिटर सडक कालोपत्र

मोरङ । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक कालोपत्र एवं मर्मतसम्भार गर्ने कार्य सम्पन्न गरेको छ । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत मोरङ र सुुनसरी जिल्लामा गत आर्थिक वर्ष २०७६÷७७ मा रु ५० करोडको लागतमा सडक विस्तार एवं कालोपत्र गर्ने काम सम्पन्न गरेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी सडक डिभिजन कार्यालय विराटनगरका प्रमुुख पशुुपति ज्ञवालीले जानकारी दिए ।

सुनसरी र मोरङ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले सुनसरीको कोशी व्यारेज–इनरुवा, साहेवगञ्ज बर्जु गाउँ, चिमडी, कप्तानगञ्जदेखि नयाँ हटिया, देवानगञ्ज, इनरुवा चौधरी टोलदेखि मधेशा, झक्कन झोडादेखि मधेशासम्मको सडक कालोपत्र एवं विस्तार गरेको हो ।

सुनसरी जिल्लाको धरान बजार, वरगाछी, भोटेपुल क्षेत्रमा कालोपत्र एवं सडक विस्तार गरिएको छ । कार्यालयले इटहरीदेखि कोशी व्यारेज तथा धरानदेखि भेडेटारसम्मको १९ किलोमिटर सडकखण्डको मर्मतसम्भारको काम सम्पन्न गरेको छ । मोरङ सुनसरीको पूर्व–पश्चिम राजमार्ग तथा सहायक मार्गको स्तरोन्नति पुुल पुुलेसाको मर्मतसम्भार गरेको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी नितिष झाले बताए ।

मोरङको रामचोक, वरडङ्गा, आमबारी, उर्लाबारी, भाउन्ने, आमतोला, पूर्वपश्चिम राजमार्गअन्तर्गत विराट चोकलगायत क्षेत्रमा कालोपत्र एवं सडक विस्तार गरेको छ । कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षा एवं सामाजिक दूरी कायम निर्माणको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।

यसैगरी कार्यालयले रु ३७ करोडको लागतमा तीन वटा मोटरेवल पुलको निर्माण कार्य सम्पन्न गरेको सूचना अधिकारी झाले जानकारी दिए । कार्यालयले मोरङ र सुनसरीको भित्री सडकअन्तर्गत जुडी खोला, थलहा र धमना खोलामा पुल निर्माणबाट स्थानीय जनतालाई सहज आवतजावतमा सुविधा पुगेको छ ।

स्थानीय नागरिकलाई लामो समयदेखि सो खोलामा पुुल नभएका कारण वर्षात्मा सदरमुकामलगायत बजार क्षेत्रमा आफ्नो उत्पादन बिक्रीवितरण र घरेलु सामग्री खरिदका लागि कठिनाइ भोग्दै आएकामा पुल निर्माणबाट सहज भएको छ । पुल निर्माणबाट उक्त क्षेत्रका करिब एक लाख जनतालाई आवतजावत एवं ढुवानीमा सहज भएको छ । लकडाउनका समयमा मुुख्य राजमार्गसँग सीमा जोडिएका सडकको स्तरोन्नति गर्नुुका साथै लामो समयदेखि जग निर्माण भएर छुुटेका तथा ढलान गर्न बाँकी रहेका पुुलको निर्माण सम्पन्न गरेकाले अहिले वर्षाको समयमा आवतजावत गर्न सहज भएको कार्यालय प्रमुुख ज्ञवालीको भनाइ छ ।

यस वर्ष राजमार्ग मर्मत एवं कालोपत्र एवं पुलका लागि रु ६३ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी झाले बताए । उनले यस वर्ष कार्यालयले मोरङ र सुनसरी जिल्लामा २५ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य लिएको बताए । यस वर्ष निर्माण गर्ने पुलमा जुडी, धमना, बूढी खोला, बक्राहा, मधुमल्ला, ज्वाला पुल, दत्तकिश्चा पुल, टेङ्ग्रा, डाँस खोला, सिंघिया, बूढीखोलालगायतका २० देखि १०० मिटरसम्मका रहेको कार्यालयले जनाएको छ ।

यसैगरी तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु २१ करोड ६० लाख बजेट विनियोजन भएको सूचना अधिकारी झाले जानकारी दिए । कोरोना महामारीले सीमानाका बन्दका कारण पुल निर्माणका लागि आवश्यक सामग्रीको दक्ष जनशक्तिको कमीका कारण निर्माण कार्यमा ढिलाइ हुने प्रमुख ज्ञवालीले बताए ।

उनले कोरोनाका कारण निर्माण गर्नुपर्ने काममा ५० प्रतिशत कमी भएको छ भने । नाका बन्दको कारण पुल निर्माण आवश्यक पाइपलगायतका कच्चापदार्थको कमी हुनुका साथै ढुवानीमा समेत समस्या रहेको प्रमुख ज्ञवालीले जनाए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending