Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेला अपनाउनुपर्ने सुरक्षा विधि, फोहरको व्यवस्थापन, विवरण सङ्कलन र अध्यावधिकलगायत विषयमा प्रशिक्षण दिइने छ ।

तालीमको उद्घाटन गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पिसिआर प्रयोगशालामा पछिल्लो समय आमूलपरिवर्तन आएको बताए । चितवन जिल्लामा मात्रै १० प्रतिशतभन्दा बढी जनताको पिसिआर परीक्षण गरिएको भन्दै उहाँले यस क्षेत्रमा जोखिम मोलेर काम गरेकाप्रति सरकारले उचित मूल्याङ्कन गरेको बताए ।

उनले भने, “प्रयोगशालामा काम गर्ने तपाईहरु चिकित्सकको पनि चिकित्सक हो । तपाईहरुले गरेको प्रयोगशालाको नतिजाका आधारमा चिकित्सकले बिरामीलाई औषधि दिन्छन् ।” स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्षसमेत रहनुभएका डा अधिकारीले प्रयोगशाला परीक्षणको अभावमा दुर्गम जिल्लामा रोग फैलिँदासमेत अज्ञात रोग भन्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “चितवन जस्ता ठाउँमा जस्तोसुकै रोग आए पनि अज्ञात रोग भन्न पर्दैन । त्यो प्रयोगशालाकै कारणले हो ।”

कार्यक्रममा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारीले जिल्लामा तीन वटा पिसिआर परीक्षण प्रयोगशाला रहेको भन्दै यसले उपचार र कोभिड रोकथाममा सहयोग पुगेको बताए ।

वाग्मती प्रदेश प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक नारायण कार्कीले कोभिड प्रयोगशालामा काम गर्नेहरुले चाडपर्वको समयमा समेत बिदा नबसी काम गरेको बताउँदै सुरक्षाका विधिका बारेमा थप चनाखो हुन यो तालीम प्रभावकारी हुने बताए।

कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल, रमेश धमलालगायतले तालीमको प्रभावकारितताको बारेमा जानकारी दिए ।

दुई दिने तालीममा वाग्मती प्रदेशका पिसिआर प्रयोगशालामा कार्यरत ३५ जनाको सहभागिता छ । तालीममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा महेश अधिकारी र भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालाका प्रमुख डा नीतु अधिकारीले प्रशिक्षण दिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending