Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

\"\"

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् ।

पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिएका हुन् । नेकपाकी केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा)ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताए ।

विगतका एक अर्काका कमी कमजोरीलाई ल्याएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गर्दै शाहले भने, “हाम्रो अहिलेको विवादको कारक धेरै पछाडि फर्किनु पनि हो, २५ वर्ष पहिले कस्ले के गर्यो भन्ने कुरा अहिले बाहिर ल्याउन आवश्यक छैन, यो जनताको विश्वास जित्ने समय हो,त्यसमा पार्टी एकताबद्ध हुनुको विकल्प छैन ।”

पछिल्लो समय आएका प्रतिवेदनले झन पाटीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने शाहले बताए । “अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो, तल्लो तहका नेता कार्यकर्तामा निराशा छ”, शाहले भने, “ पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौ, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन ।”

नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले दुवै अध्यक्षको प्रतिवेदन आएको अवस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाविक भएको उल्लेख गर्दै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता सबैमा भएकाले बाहिर जस्तो देखिए पनि पार्टीलाई झन मजबुद बनाएर लैजाने कुरामा सबैको एकमत रहेको बताए । “पार्टी एकता भएको तीन महिनाभित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो, त्यो हुन सकेन, त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ”, सचिव चौधरीले भने, “एकताले पार्टी मजबुत बन्यो, झण्डै दुई तिहाइको सरकार बन्या, अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनु पर्छ ।“ उनले देशमा अस्थिरता देख्न चाहनेले नेकपा फुटेको हेर्न चाहेको उल्लेख गर्दै जसले समृद्धि र समुन्नत राष्ट्र भएको हेर्न चाहन्छ त्यसले नेकपा फुटेको हेर्न नचाहेको बताए ।

नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गरे । उनले तल्लो तहका नेताकार्यकर्ता पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको उल्लेख गर्दै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताए । “जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने”, अध्यक्ष थापाले भने, “हामी एकता चाहान्छौँ, अहिले फुट्ने नभइ जुट्ने बेला हो ।”

नेकपा टीकापुर नगर अध्यक्ष खडक शाहले आफूमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा देखिएका प्रवृत्तिले पार्टीलाई कमजोर पार्दै जाने भएकाले पार्टीमा अनुशासन सीमा तोडिँदै गएकामा चिन्ता व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies