बारा । सङ्घीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजार भाउ भन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आएर आफूले उत्पादन गरेको धान बेचेर खुशी भएका छन् ।
यसैगरी बारा धर्मपुरका किसान गगनदेवप्रसाद यादवले सो कार्यालयलाई धान बेचेर एकमुष्ठ रकम पाएपछि उनको खुशीको सीमा रहेन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले यही मङ्सिर ११ गतेदेखि धान खरिद गर्न थालेपछि बारा र पर्साका किसान अहिले आफ्नो पालो कहिले आउछ भनेर पर्खिएर बसेका छन् ।
यसपाली सङ्घीय सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारी भन्दा सोना मन्सुली धान आठ प्रतिशत बढी खरिद मूल्य तोकेपछि किसानले आफूले उत्पादन गरेको धान खाद्य व्यवस्था कम्पनीलाई धान बेच्न किसानको लर्को लागेको छ ।
यसवर्ष सङ्घीय सरकारले सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ८८५ र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ९०० मा खरिद गर्ने मूल्य तोकेपछि बारा पर्साका किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न पाएको पर्सा बैरियाविर्ताका किसान अवधेशप्रसाद गुप्ताले बताए ।
धानको बोरा बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान बिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरिद गर्न थालिएको छ । कार्यालय प्रमुख विकास कटुवालले भन्नुभयो, “यस वर्ष राम्रै मूल्य पाएकै कारण सोचे भन्दा बढी किसान धान बेच्न आउने गरेका छन् ।” यसवर्ष सोना मन्सुली धान तीन हजार मेट्रिकटन र जिरा मसिनो धान ५०० मेट्रिकटन खरिद गर्ने लक्ष्य लिइएको छ । सरकारले यसवर्ष धान खरिदको समर्थन मुल्य बढाएपछि बारा र पर्साका किसान निजी गल्ला व्यापारीलाई धान नबेची संस्थानलाई धान बेच्न आउने गरेका छन् ।
सरकारले दिएको लक्ष्य अनुसार यसवर्ष रु आठ करोड ६५ लाख ५० हजार मूल्य बराबरको तीन हजार मेट्रिकटन सोना मन्सुली धान र रु एक करोड ४५ लाख मूल्य बराबरको ५०० मेट्रिकटन जिरा मसिनो धान खरिद गर्ने लक्ष्य राखेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताउनुभयो ।
व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरिद गर्न थालेको छ । कार्यालयले धान खरिद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशत भन्दाबढी मिसावट नभएको र पाँच प्रतिशतसम्म बिगे्रको धान खरिद गर्ने गरेका छन् । सो कार्यालयले धान खरिद गर्दा किसानको नागरिकता वा लालपूर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिस गरेको प्रतिलिपि भएमात्र धान खरिद गर्ने गरेको छ ।
त्यस्तै धान बेच्न आउने किसानले आफु किसान हुँ, कार्यालयलाई धान बेचेको भनेर घोषणा पत्रमा हस्ताक्षरसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षभन्दा यसवर्ष आठ प्रतिशतले बढी भएको छ भने जिल्ला प्राथमिक खरिद समितिले तोकेको जिरा मसिनो धानको मूल्य गत वर्ष भन्दा यस वर्ष सात प्रतिशतले कम छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: