Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जडिबुटीमा स्थानीयवासीको एकाधिकार हुनुपर्ने माग

डोल्पा । यहाँका जनताले विकास निर्माणका काम शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा गर्न पाउनुपर्ने र जडिबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्ने लगायतका माग राखेका छन् । कृषि सहकारी तथा श्रोत समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका सदस्य भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रिको टोलीले जनस्तरतमै पुगेर गरेको अन्तरक्रियामा यहाँका जनताबाट लिएका राय सुझावलाई निकुञ्ज ऐनमा संसोधनका लागि पेशगर्ने, शे–फोक्सुण्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनुपर्ने लगायतका कुरामा संसदमा सिफारिस गर्ने संसदीय टोलीले गरेको निकुञ्जका प्रमुख सरोजमणी पौडेलले बताए ।

उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, शे–फोक्सुण्डो गाउँपालिका जनतासँग निकुञ्जको काम कारवाही र निकुञ्ज क्षेत्रमा गरिने विकाससम्बन्धि बृहत छलफल गरेको थियो ।

निकुञ्ज स्थापना हुनु भन्दाअघिका बस्ती भएकाले गम्भिर रुपमा अध्ययन गरेर मात्रै संसदमा सिफारिस गर्ने समितिकी सभापति सुवेदीले बताए । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनवीवन बिताइरहेकाले निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाव दिने बताए ।

निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, कस्तुरी, नावर, बहुमूल्य जडिबुटी यार्सागुम्बा, नेपालकै गहिरो फोक्सुण्डो ताललगायतका पक्षबाट विश्वमाझ चिनिएको छ ।

नेपालकै ठुलो उक्त निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमण सँगै यहाँका जनताको राय सुझाव लिएर उक्त टोली फर्किएको छ । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा गरिने विकास निर्माणका विषयलाई लिएर निकुञ्ज, जनता र स्थानीय तहबीच बढ्दै गएको दूरीका विषयमा स्थलगत अध्ययनका लागि संसदीय टोली यहाँ पुगेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending