Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप

बागलुङ । जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् ।

सुन्तलाबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित मुद्रामा छन् । आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका खड्काले अहिले बोटबाट आधा सुन्तला औंसे किराको प्रकोपले झर्न थालिसकेको बताए। “पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ”, खड्काले भने, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरेपछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।”

यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला टोपबहादुर खड्का, रामबहादुर खड्कालगायतका किसान मर्कामा परेका हुन् । “बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थाल्यो”, रामबहादुर खड्काले भने, “मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिँदा समस्या भयो ।” सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतको स्थानमा समेत सुन्तला पहेँलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका–६ बिहुँका वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए।

आधिकारिकरूपमा किसानको गुनासो नआएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ म्याग्दीका प्रमुख सुधीर थापाले जानकारी दिनुभयो । “अहिले कर्मचारी अभाव छ, काम गर्न सकिएको छैन, त्यसैले गुनासो नआएको होला”, थापाले भन्नुभयो, “गत वर्ष केही किसानको समस्या तत्कालै समाधान गरेका हौँ, अहिले त्यस्तो गुनासो आएमा औषधि प्रदान गर्नेछौँ ।” थापाका अनुसार किसानले पनि समयमै औषधि तथा स्याहारसुसार गर्नुपर्ने र आंैसे किरा लागेमा सही व्यवस्थापन गर्नुपर्दछ ।

बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेकलगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पहेँलो भएर किरा परेर झर्न थालेको छ । यस क्षेत्रमा सुन्तलासँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको छ । पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए। उहाँले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताए ।

सबैभन्दा बढी सुन्तला झर्ने अवस्था बागलुङको सिगानामा आएको किसान बताउँछन् । अहिले पहेँलो भएर झरेको सुन्तला औंसे किराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिए । अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सहीरुपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending