चितवन । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजबाट खुल्ला गर्न लागिएको हो ।
उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको छ । समितिका अध्यक्ष राजन अधिकारीका अनुसार यो मौसममा गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुने गरेका थिए ।
नारायणी नदी तटमा रहेको उक्त स्थानमा कार्यक्रम गर्नका लागि १२ वटा टहरा रहेका छन् । खानेपानी, विद्युत्, शौचालयलगायतका वनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उनले जानकारी दिए। नदी, वन र वन्यजन्तुको मनोरम दृश्यसँगै रमाउँदै वनभोज गर्न यहाँ टाढाटाढाबाट मानिस आउने गर्दछन् ।
सामुदायिक वनमा खुल्ला चिडियाखानासमेत रहेको छ । जहाँ वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइन्छ । सोही ठाउँमा एउटा पार्क रहेको छ भने नजिकै शहीद स्मृति पार्क पनि निर्माण भइरहेको छ । सो वन क्षेत्रमा दुर्लभ बाघ, एकसिङ्गे गैँडा, चित्रि, मयूर, बँदेललगायत वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु नारायणी किनार हुँदै यहाँ आउ जाउ गर्दछन् । उक्त ठाउँमा चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: