रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।
सङ्घीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले जानकारी दिए। उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् । तोकिएको मापदण्डानुसार विद्यालय सञ्चालन भए÷नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक सङ्घसंस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समितिसमेत गठन गरिएको छ ।
मापदण्डानुसार विद्यालयले कक्षाकोठाभित्र विद्यार्थीको भौतिक दूरी कायम गर्न एक बेञ्चमा दुई विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधारको उपलब्धतासमेतका आधारमा कक्षा १ देखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ । मापदण्डानुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल अध्ययनरत विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।
ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना सङ्क्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्यरूपमा साबुनपानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने मापदण्डमा भनिएको छ । यस्तै ४०० भन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले अनिवार्यरूपमा कम्तीमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।
विद्यालयमा विद्यार्थीको बसाइ अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तररूपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ । विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई समेटी मापदण्डानुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मङ्सिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्यरूपमा पेश गर्न नगरपालिकाले भनेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: