काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।
निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ ।हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ । नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए।
निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या नरहेको पनि उनले उल्लेख गरे। आवश्यक अनुसन्धानको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालाईलाई आग्रह गरिएको उनले बताए । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाईन्सलाई तेश्रो पटक १४ दिनकोलागि प्रतिबन्ध लगाएको छ । “मुख्य कारण चांही पिसिआर गरेर गएका यात्रुहरुको त्यहाँ पुनः परिक्षण गर्दा पोजेटिभ रिजल्ट आउनु थियो । सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट रिपोर्टको आधारमा यात्रा गराउँदासमेत पुनःपोजेटिभ देखिनुले चिन्तित बनाएको छ ।” महाप्रबन्धक पौडेलले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।
हङकङको नागरिक उड्डयनले एयर ईन्डियालाई चार पटक, भिस्तारा एयरलाई तेश्रो पटक, क्याथे ड्रागनलाई (मलेशियाबाट) ईमिरेट्स (दुबई) सिंगापुर एयरलाईन्स (२) पटक लगायत अन्य केही एयरलाईन्सलाई एक–एक पटक गरि उडान प्रतिबन्ध लगाईरहेको पनि उहाँले उल्लेख गरे । नेपाल एयरलाइन्सको पछिल्लो उडान प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ । पछिल्लोपटक दुबई र नारिताले निगमको उडानमा एक/दुई जना यात्रुमा कोरोना पोजेटिभ देखिएको भन्दै निगमलाई सचेत पत्र पठाएको थियो ।
निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: