सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् ।
जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक, हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक र नवलपुरबाट मलंगवा जोड्ने सडक जीर्ण छन् ।
यात्राका क्रममा चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरीमण्डल धूलो उड्ने हुलाकी सडकको यात्रा गर्दा बिरामी हुने अवस्था आएको एक यात्री रजनीश रायले बताउनुभयो । अहिले धुलाम्मे सडक थोरै पानी पर्नेबित्तिकै हिलाम्मे भई पोखरीमा परिणत हुने र पानी नपर्दा धुलाम्मे हुने गरेका कारण स्थानीय पैदल यात्री तथा सवारी यात्री मारमा पर्ने गरेको पर्सा गाउँपालिका–१ का वडाध्यक्ष सुरेन्द्रकुमार रायले बताए ।
अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनाका साथै दुर्घटना पनि बढ्न थालेको अध्यक्ष रायले बताए। विशेष गरी साँझका समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिकले ग्रामीण सडक अत्यन्त खराब हुँदा सदरमुकामसम्म आउजाउ गर्न समस्या भइरहेको गुनासो गरिरहेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए । नगरपालिका मातहतका सडक मर्मतसम्भार र निर्माणको काम चलिरहे पनि केन्द्र सरकारले लगानी गरिरहेको हुलाकी सडकमा आफूहरुले केही गर्न नसक्ने साहको भनाइ छ ।
त्यस्तै चुरे फेदीका बस्तीका नागरिक पनि सहज रुपमा सवारी साधन सञ्चालन गर्न सक्ने सडकको अभावका कारण मारमा परेका छन् । सरकारी उदासीनताका कारण वर्षौंँदेखि जीर्ण तथा निर्माणाधीन अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको र सो सडकखण्डको निर्माण तोकिएको समयमा पूरा हुन नसकेको भनी स्थानीयवासी आक्रोशित छन् ।
तराई–मधेशका जिल्ला जोड्ने हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको भए पनि यसको निर्माणमा संघीय, प्रदेश र स्थानीय तीन वटै तहका सरकारले चासो नदेखाएका कारण ढिलाइ भइरहेको जानकारको भनाइ छ । उत्तरतर्फ सर्लाहीको पर्सा गाउँपालिकाअन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माण पूरा भइसकेको छ । संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै वाग्मतीसम्मको हुलाकी सडकको निर्माण रोकिएको छ । उक्त सडकमा कतै खाल्डाखुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ । जीर्ण सडकमा दिनहुँजसो दर्जनौंँ दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: