तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए। उनका अनुसार एक हप्ताको अवधिमा अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“गुरुयोजना निर्माणका लागि यो अध्ययन अति आवश्यक छ, अध्ययनपश्चात् मानहुँकोटको गुरुयोजना निर्माणका लागि सहयोग पुग्छ,” उनले भने, “यसबाट मानहुँको वस्तुस्थिति कस्तो छ भन्ने बारेमा छर्लङ्ग हुन्छ ।” मूलका अनुसार यो अध्ययन मानहुँकोटमा सार्वजनिक जग्गा, व्यक्तिको जग्गाको पहिचान हुनुका साथै आगामी दिनमा कहाँ बस्ती निर्माण गर्ने, कहाँ बाटो बनाउने भन्ने विषयमा पनि सहयोगी हुनेछ ।
“मानहुँकोटको टोपोग्राफी कस्तो छ भन्ने अध्ययनले प्रष्ट पार्छ, जग्गा एकीकरणका लागि यसले बाटो निर्माण, बस्तीयोग्य जमिन पहिचान गर्न सहयोग पुग्नेछ,” मूलले भने । नगरपालिकासँग भएको नापीको नक्सालाई पनि आधार मानेर जग्गाहरुको अध्ययन गरिनेछ । नगरपालिकाले मानहुँकोटमा जग्गा एकीकरण गर्ने लक्ष्य राखेको छ ।
अध्ययन सम्पन्न भएपश्चात् गुरुयोजना निर्माण गर्ने समूहसँग बसेर थप छलफल गरिने मूलले जानकारी दिए। “व्यावसायिक क्षेत्र कता राख्ने, रेष्टुरेण्ट कता बनाउने, निजी आवास कता निर्माण गर्ने, उद्यान कता बनाउने भन्ने विषय अध्ययनपश्चात् योजना बनाउन सहयोग पुग्छ,” उनले भने ।
मानहुँको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागु गर्न लागिएको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । “मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ,” नगरप्रमुख न्यौपानेले भने, “त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरुलाई व्यवस्थापन गर्न खोजेका हौँ ।”
नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भए पनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकोले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताए ।
मानहुँकोटको गुरुयोजना निर्माणका लागि नगरपालिकाले सोमबारदेखि नै जग्गा किनबेचमा रोक लगाइसकेको छ । धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकोले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पछिल्लो समय मानहुँकोट पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो हेर्न यतिबेला पर्यटकको अत्यधिक भीड बढेको छ । असोजदेखि फागुनसम्म मानहुँकोटमा यस्तो दृश्य हेर्न सकिन्छ ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: