Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कोरोना खोप तयार : ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा, नोभेम्बरभित्रै प्रयोगमा आउने

एजेन्सी । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्।

उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो। त्यसले प्रभावकारी काम गरेको थियो। सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन। ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्‍याउन चाहन्छन्। त्यसका लागि यो महिना ९नोभेम्बर० अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन्।

यो खबरसँगै विभिन्न प्रतिक्रिया आएका छन्। केहीले यो सुनेपछि आफू प्रसन्न भएको बताएका छन्। केहीले आगामी वसन्त ऋतुसम्म विश्वको जनजीवन सामान्य भइसक्ने आशा व्यक्त गरेका छन्। विभिन्न देशले कोरोना भाइरसविरुद्ध खोप निर्माण गरिरहेको बताएका छन्। तीमध्ये करिब दर्जन खोप तेस्रो चरणको परीक्षणको अन्तिम अवस्थामा छन्। तीमध्ये अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ। यसले रोगप्रतिरोधी क्षमता बढाएर कोरोना भाइरसविरुद्ध लड्न मद्दत गर्छ। त्यसका लागि उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराइन्छ।

उक्त खोपले एन्टिबडी र टि–सेल बनाउन सहयोग गर्छ। तीन साताभित्र उक्त खोप दुई मात्रा लगाउनुपर्छ। यो खोप अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा परीक्षण गरिएको थियो। यसको दोस्रो मात्रा दिइएको सात दिनपछि ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

\"vaccine\"/

खोप उत्पादक कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्म ५ करोड मात्रा आपूर्ति गर्न सक्नेछ। सन् २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड मात्रा उत्पादन र वितरण गर्न सक्ने उक्त कम्पनीले जनाएको छ। बेलायतले यस वर्षको अन्त्यसम्म उक्त खोपको एक करोड मात्रा प्राप्त गर्न सक्नेछ। थप तीन करोड मात्राका लागि खरिद आदेश दिइसकिएको छ।

उक्त खोपलाई माइनस असी डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नुपर्ने भएकाले व्यवस्थापनगत चुनौतीहरू ठूलै छन्। फाइजरका अध्यक्ष डा अल्बर्ट बुर्लाले भनेका छन्, ‘विश्वव्यापी महामारी अन्त्य गर्न हामी उल्लेखनीय सफलतासम्म पुगेका छौं।’ बायोएनटेकका संस्थापकमध्ये प्रा। उगुर साहिनले यो नतिजालाई ‘कोसेढुंगा’ भनेका छन्।

बीबीसीबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies