Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जो वाइडेनको विजयले अमेरिकामा भएकाे नेपाली खुशी

वाशिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् ।

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ । “जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ”, वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्ब्लीका डेलिगेट ह्यारी भण्डारीले भने, “अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।”

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिनुभएका उपराष्ट्रपति कमला ह्यारिसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताए । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्बलीमा निर्वाचित हुने पहिलो नेपाली छन् ।

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस ९टिपीएस० बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधेयक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब १० हजार नेपाली लाभान्वित हुनेछन् ।

अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्छन् । जिसीले कतिपय आप्रवासनसम्बन्धी कानूनको पुनरवलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गर्छन् । खासरी टिपिएस, डाकाजस्ता कार्यक्रममा वाइडेन प्रशासनले लचिलो नीति अङ्गीकार गर्ने विश्वास लिइएको जिसीले बताए । उनले भने, “पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।”

अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । उनले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिए ।

अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताउछन् । अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड– १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाइ छ ।

अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिन्छन् । पण्डित भन्छन्, “नवनिर्वाचित राष्ट्रपति वाइडेनले कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नेछन् यसले लगानीकर्ताको मनोवल थप उँचो बनाउनेछ ।”

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाको चरणमा प्रवेश गर्ने थियो । उनी सन् २००८ को वित्तीय सङ्कटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर वाइडेनले खेलेको भूमिकाको स्मरण गर्दै भन्छन्, “अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै वाइडेन हो ।” पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी बनाउन वाइडेन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताउछन् ।

अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न वाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् । अमेरिकाको ४६औँ राष्ट्रपति बनेको जो वाइडेनले आफ्नो अनौपचारिकरुपमा सोमबारदेखि कामको थालनी गर्ने भएका छन् । यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्ने बताइएको छ ।

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ । विगत २८ वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो वाइडेनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्ष निर्वाचनमा सात करोड ५४ लाख नौ हजार ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मतसहित सात करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गरेका छन्। अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैन । नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नेछन् । त्यस अगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनेछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies