Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

झापा । कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् । अस्पतालमै रहेको पीसीआर प्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक ७ गतेदेखि सशुल्क परीक्षण शुरु गरेको हो ।

दुवै प्रयोगशालामा गरी हालसम्ममा एक हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन् । अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी र कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन् । “गरीब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको छ”, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर ठाकुरले भने, “निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएको कारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्छन् ।”

उहाँले मेचीमा दैनिक ३० देखि ४० जनाले सशुल्क सेवा लिँदै आएको बताउनुभयो । पछिल्लो समय अस्पतालमा रहेको प्रयोगशालामा भन्दा बढी कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिने बढी आउन थालेका छन् । कनकाई पीआर प्रयोगशालाका स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईका अनुसार दैनिक ५० देखि ६० जनाले सशुल्क सेवा लिइरहेका छन् । “रिर्पोट चाँडो चाहिएका र सिकिस्त विरामी आउँछन्”, उनले भने, “निःशुल्क गर्दा रिर्पोट ढिलो हुन्छ सशुल्क गर्दा चाडै आउँछ । त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको छ ।” स्वाब परीक्षण गरेको १२ घण्टा भित्रमा सशुल्क गराउनेको रिर्पोट दिइने गरेको उनले बताए ।

उनले किट, केमिकल र रिएजेन्टको समस्या हुँदा निःशुल्क परीक्षण गराउनेको रिर्पोट ढिलो हुने गरेको बताए । कनकाई कोभिड नियन्त्रण एवम् व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मी अधिकारीले विर्तामोड, शिवसतासी, अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाबाट यस प्रयोगशालामा परीक्षण गर्ने बढी आउने गरेको बताए । उनका अनुसार कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिनबाट हालसम्ममा रु आठ लाख ५० हजार सङ्कलन भइसकेको छ । सो रकमबाट नै आवश्यक किट, केमिकललगायत सामाग्री खरिद गर्ने गरिएको उहाँले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending