तनहुँ । तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जुवाडेको साथबाट रु एक लाख ९७ हजार ९५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र पर्वत जिल्लाको बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उनले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: