Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पर्यटनमन्त्री भट्टराईलेले ६ स्थानीय तहको अवलोकन गर्ने

फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएका छन् । उनको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशकको बैठक र फुङ्लिङ नगरपालिका–१० मित्लुङमा निर्माणाधीन मध्यतामोरा सानिमा हाइड्रोपावरको अवलोकन समय तालिका बनाइएको छ ।

यस्तै उनको फक्ताङलुङ गाउँपालिका–३ सेवा माविको इसिटी ल्याब उद्घाटन, फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र फक्ताङलुङ गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल र मिक्वा खोलागाउँपालिका पार्टीका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका कार्यालय टोलीका सदस्यसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री भट्टराईको मिक्वाखोला गाउँपालिकाको जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफलको कार्यक्रम तय गरिएको छ । यस्तै मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम थुकिमामा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने उनको कार्यक्रमे छ ।

मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम साँघुमा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफलको कार्यक्र तय गरिएको छ ।

यस्तै अठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम हामपाङ र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ । यही कात्तिक २७ गते ताप्लेजुङमा रहेका सबै सङ्घसंस्थासँग अन्तिरक्रिया तथा छलफल गरिने जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending