Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

गुल्मीमा ८ हजार खरको छानो विस्थापन हुँदै

गुल्मी । गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।

मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले निदाए । खरको छाना हुँदा चुहिने घरमा अहिले जस्तापाता लगाएपछि उनलाई मिठो निद्रा पर्न थालेको हो । विसं २०७५ माघमा मदाने गाउँपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि उनी बर्खायाममा पानी चुहिने समस्याबाट मुक्त भएका छन् । “पहिले–पहिले पानी चुहिएर रातमा निदाउनै पाइने थिएन”, उनले भने, “यो वर्ष ढुक्कले निदायौँ ।” सोही ठाउँकी सुन्तली विकको घर पनि खरले छाएको थियो । पानी परे चुहिने डर, खडेरी पर्दा आगलागीको डर । त्यही डरलाई दृष्टिगत गर्दै गाउँपालिकाले जस्तापाता दिएपछि उनको डर हराएको छ ।

“घरका बालबच्चासँग डरैडरमा बाँचेकी थिए”, उनले भने, “घरमा टिनका छाना लगाउँछौँ भन्ने सोचेकी पनि थिइनँ ।” विक परिवारमात्र होइन, अहिले जिल्लाका धेरै परिवारका छाना जस्ताले छाएको छ । खरका छाना भएका गाउँ टिनले टल्कन थालेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि खरका छाना विस्थापन गरी टिनका छाना लगाउने कार्यले तीव्र गति पाएको छ । कतिपय स्थानीय तहमा सबै घरमा खरका छाना विस्थापन गरिएको भने कतिपयमा अन्तिम चरणमा पुगेको छ । खरका छाना विस्थापन भई जस्तापाता लगाएसँगै नागरिक पनि खुसी भएका छन् ।

धुर्कोट गाउँपालिकाले शुरु गरेको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ । सोही कार्यक्रमअन्तर्गत केही स्थानीय तहले आफ्नो स्थानीय तह भित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन् । जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै टिनका छानामा रु २० करोड खर्चिएका र चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् । कोरोनाको कारण खरका छानामुक्त गाउँपालिका घोषणा गर्नमात्र बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ । सो जस्तापाताका लागि रु दुई करोड बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । “स्थानीय तहको निर्वाचनमा निःशुल्क जस्तापाता दिने आश्वासन दिएका थियौँ”, उनले भने, “अहिले त्यसैलाई सार्थकता दिँदैछौँ ।” मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कूल लाभग्राही सङ्ख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

जस्तापाता वितरणका लागि अहिलेसम्म कूल रु चार करोड खर्च भएको सापकोटाले बताए । कोभिडका कारणले खरका छानामुक्त नगरपालिका घोषणा गर्न नसकिएको उनको भनाइ छ । मालिका गाउँपालिकाका कूल लाभग्राही एक हजार ४७ परिवार हुन् । जसमध्ये ९२८ घरधुरी खरका छानामुक्त भइसकेका छन् । बाँकी ११९ परिवारलाई चालू आर्थिक वर्षमा जस्ता उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले टिनका छाना खरिदमा अहिलेसम्म रु तीन करोड ९० लाख खर्च गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE