Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने : मन्त्री फुयाँल

मकवानपुर । वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।

उनले आज रासससँग कुराकानी गर्दै प्रदेशका १३ वटै जिल्लामा रहेको पुरानो तुइनलाई विस्थापित गरी उक्त स्थानमा चालू आर्थिकभित्र नै झोलुङ्गे पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताए ।

“यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिक टोली जिल्ला/जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको छ”, उनले भने, “प्राविधिक प्रतिवेदन आउनसाथ सोही अनुरुप आवश्यक कार्य अगाडि बढाइनेछ ।” मन्त्री फुयाँलले उपत्यकाबाहेक १० जिल्लाको १६ वटा गाउँपालिकामा रहेको खरको छानालाई विस्थापन गरी जस्तापाताको छानो निर्माण गर्ने योजना रहेको पनि जानकारी दिए ।

प्रदेशको आठ जिल्लामा परम्परागतरुपमा रहेको २४ वटा राजकुलोको मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको बताउँदै उनले चालू आर्थिक वर्षभित्र १३ वटा जिल्लाको विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करिब १०० वटा नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको र ती क्षेत्रमा पुलको निर्माण कार्य पनि भइरहेको जानकारी दिए । निर्माण भइरहेको त्यस्ता पुलको अनुगमानका लागि मन्त्रालयबाट मंसिरको पहिलो हप्तामा प्राविधिकसहित टोली पठाइने उनले बताए ।

“प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु तीन÷तीन करोड अनुदान रकम सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमार्फत उपलब्ध गराइसकिएको छ”, मन्त्री फुयाँलले भने, “वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गर्नका लागि बोलपत्र आह्वान गरिसकेको छ ।” आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निर्माण व्यवसायीलाई ठेक्का सम्झौता गरिने पनि उनले बताए ।

वाग्मती प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाको छनोट गरी निर्माण गर्ने, विभिन्न राजमार्गको सडक विस्तार र कालोपत्र गर्ने तथा कृषि उत्पादनमा वृद्धि र सिँचाइको व्यवस्थापन र नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य प्रारम्भ भइसकेको पनि उनले स्पष्ट पारे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: