रोल्पा । रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ ।
विसं २०७५ मा तीन हजार ३९० जना बिरामीले आँखा परीक्षण गराएका थिए । यसरी परीक्षण गराएका मध्ये ६२ जनाले सामान्य शल्यक्रिया गरेका थिए । आँखामा मोतियाविन्दुको समस्या देखिएका १६८ जनाले शल्यक्रिया गरेका हुन् । गत वर्ष चार हजार ५६१ जनाले आँखाको परीक्षण गराएका थिए । यसरी परीक्षण गराएकामध्ये ११५ जनाले सामान्य शल्यक्रिया गरेका थिए । यसैगरी ३०५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए ।
यो सङ्ख्या चालु वर्षमा झनै बढेको देखिएको छ । चालु वर्षको कात्तिक १५ गतेसम्म दुई हजार ३८१ जनाले आँखाको परीक्षण गराएका छन् । यसरी परीक्षण गराएकामध्ये १०२ जनाले सामान्य शल्यक्रिया गरेको र अन्यले औषधि तथा चश्मा प्रयोग गरेको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ ।
लामो समयसम्म भएको बन्दाबन्दीमा बालबालिकादेखि बुद्धबुद्धाले समेत मोबाइलको अत्यधिक प्रयोग गरेका कारण आँखाका विरामी बढेको हुनसक्ने सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज मिलन खत्रीको भनाइ छ । बन्दाबन्दीको अवधिमा दैनिक पाँच/सात जना बिरामी आउने गरेकामा अहिले यो सङ्ख्या दिनहुँ ३०/३५ पुगेको खत्रीले बताए ।
दृष्टिदोष, बालबालिकामा आँखा रातो भएर चिलाउने, चोटपटक लाग्ने, मोतियाविन्दु, जलविन्दु, मधुमेह र उच्च रक्तचापजस्ता समस्या लिएर बिरामी आउने गरेको सामुदायिक आँखा केन्द्रले जनाएको छ । यसरी उपचार गर्नेमध्ये अधिकांश जिल्लावासी भएपनि छिमेकी जिल्ला प्यूठानबाट समेत आउने गरेको केन्द्रको भनाइ छ ।
रोल्पा नगरपालिका—२ निवासी चिन्तामणि आचार्यले दान दिएको जग्गामा बनेको भवनबाट २०७३ सालदेखि सेवा दिइएको छ । भवन निर्माणका लागि अमेरिका—नेपाल सहयोग मेडिकल फाउण्डेशनले सो भवन निर्माणमा सहयोग गरेको थियो । सेवा केन्द्रमा पाँच जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
आँखा केन्द्रले बिरामी परीक्षण, सामान्य शल्यक्रिया, शिविरमार्फत मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिदै आइरहेको छ । जिल्लामै यो सेवा उपलव्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको परिवर्तन गाउँपालिका–३ की गङ्गासरी बुढाले बताए । मोवाइल तथा कम्युटरको बढी मात्रामा प्रयोग गर्दा पटकपटक आँखामा समस्या देखिने गरेको बुढाको भनाइ छ । लामो समयपछि आँखा केन्द्रबाट सामान्य सेवा पाइरहेका जिल्लावासीले विशेषज्ञसहितको अस्पतालबाट यो सेवा उपलब्ध भए थप सहजता हुने स्थानीय समाजसेवी नन्दकुमार आचार्यले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: