Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

राष्ट्रिय परिचयपत्र विवरण संकलनमा भद्रगोल

काठमाडौं । राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागले ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब दिन थालेको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम स्थगित भएपछि सोही जिल्लाका लागि नियुक्ति पाएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा जान अप्रत्यक्ष दबाब दिन थालेको हो । तर दर्ता अपरेटरहरुले राजधानीसँग जोडिएको जिल्लामै विवरण संकलन कार्य भद्रगोल भएको भन्दै सिन्धुलीमा गएर काम गर्न रुचि देखाएका छैनन् ।

दर्ता अपरेटरहरुले विवरण संकलनका लागि व्यवस्थापकीय जिम्मेवारी मिलाउने काममा विभाग र प्रशासन कार्यालय गम्भीर नभएको आरोपसमेत लगाउँदै आएका छन् । उनीहरुले यस्तो अवस्था र त्यसमाथि कोरोना महामारीको बेला सिन्धुलीमा गएर कसरी काम गर्ने भन्ने प्रश्न विभाग समक्ष तेस्याउँदै आएका छन् । विभाग र दर्ता अपरेटरहरुबीच उत्पन्न असमझदारी विभाग र जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म सबैलाई चित्त बुझ्ने गरी समाधान गर्न नसकेकको पाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको सो विभागले हाल दर्ता अपरेटरहरुलाई अन्यत्र जिल्लामा खटाउने निर्णय गरेको निर्देशक विष्णुहरि उपाध्यायले जानकारी दिनुभयो । निर्देशक उपाध्यायले विवरण संकलन स्थगित गर्ने निर्णय गरेसँगै विभागले आ–आफ्नो वडाहरुमा राखिएका ल्यापटप, प्रिन्टर, स्क्यानर, आइरिस (आँखाको नानीको फोटो खिच्ने उपकरण), मर्फो (औंलाको छाप स्क्यानिङ गर्ने उपकरण), क्यामरालगायत विभिन्न उपकरण फिर्ता गर्न विभिन्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिमका कारण परिचयपत्रका लागि दर्ता संकलन कार्यक्रम स्थगित गर्नुपरेको पनि विभागले गरेको सो पत्राचारमा उल्लेख गरिएको छ । विभागले विवरण संकलन कार्यक्रम स्थगित हुनुको कारण औपचारिकरुपमा कोरोना महामारीको कारण देखाए पनि यस्तो अवस्था आउनुमा विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबीच समन्वयको अभावमा रहेको दुवै अधिकारीहरुले स्वीकार गरेका छन् ।

दर्ता अपरेटरहरुका अनुसार प्रशासन दर्ता अपरेटरहरुको सेवा सुविधाअनुरुप पारिश्रमिक दिनेदेखि आवश्यक व्यवस्थापकीय कार्यमा मात्र गैरजिम्मेवार देखिएको होइन, जिल्लाका स्थानीय तहबीच समन्वय गर्ने काममा पनि प्रशासन चुकेको वडाध्यक्ष र स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक रुपमा बोल्दै आएका छन् । दर्ता अपरेटरहरुले यो कुरो कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसमक्ष लिखितरुपमा नै बुझाइसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies