अर्घाखाची । बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक सङ्क्रमितको बाटामै मृत्यु भएको छ । अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने ८ बजे बाटामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा गत मङ्गलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ । सङ्क्रमित पुरुषको स्वास्थ्यमा गए राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।
यसैगरी बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान सवा ९ बजे मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो । उनमा असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ ।
नेपालगञ्ज— बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँस्थत भेरी अस्पताल उपचाररत बाँके जानकी गाउँपालिका—६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।
श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुरुषलाई असोज १० गते साँझ अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । सङ्क्रमितको श्वासप्रश्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत उपचारका सबै पद्धति अपनाउँदासमेत बचाउन नसकिएको जनाइएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र भेरी अस्पतालको समन्वयमा शव व्यवस्थापन गरिएको छ ।
यसैबीच बाँकेमा आजै थप ६४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ९६३ पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।
उनका अनुसार बाँकेमा कोराना सङ्क्रमितको निको हुने दर ७६।८६ प्रतिशत छ । अब जिल्लाका विभिन्न आइसोलेशनमा ५६५ सङ्क्रमित छन् । बाँकेमा अहिलेसम्म दुई हजार ५५४ जनामा कोरोना पुष्टि भइसकेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: