Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

टिकापुर । लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवा पाउँछु भन्ने आशा बोहरामा भए पनि मङ्गलबार मालपोत कार्यालयले वितरण गर्ने कुपन नपाउँदा उनी निराश थिए ।

बिहान ४ बजे मालपोत कार्यालय टीकापुर पुगेका हीरासिंह भन्दा पहिले नै धेरै सेवाग्राही लाइनमा भएका कारण मालपोत कार्यालयले दैनिक वितरण गर्ने ६० वटा कुपनमा उनी अटाउन सक्नुभएन । तैपनि कुनै विकल्प भइहाल्ने कि ? भन्ने आशामा उनी दिनभर मालपोत कार्यालय परिसरमै रहुनभयो । तर, काम भएन ।

“मालपोतले कुपन वितरण गर्छ । तर, केही कुपन कर्मचारीले नै भित्रै मिलाउदा रहेछन्”, हीरासिंहले भने, “हामी सर्वसाधारणका लागि धेरै ठूलो सास्ती छ । न त कसैसँग पहुँच छ न त हाम्रो कुरा कसैले सुन्छ ।” उनले जग्गा रोक्काका लागि दुई हप्तादेखि मालपोत कार्यालय आउँदा मात्रै ठूलो खर्च भइसकेको बताउँदै कर्मचारीकै कारण कोरोना भाइरसको त्रास भयावह बन्दै गएको बताए ।

त्यस्तै, भजनी नगरपालिका–६ बसाहाका फरहारी डङ्गौरा पनि जग्गा रोक्काका लागि मालपोत धाउन थालेको हप्ता दिन पुगेको बताए । “मालपोतले हप्तैपिच्छे नियम बनाउँदा हामी सेवाग्राहीले ठूलो सास्ती भोग्नु परेको छ”, उनले भने, “नियम बदलिन्छ थाहै हुँदैन । आफूलाई जस्तो सहज भयो, त्यस्तै नियम बनाउँदा कोरोनाबाट कर्मचारी त सुरक्षित रहलान् । तर, सेवाग्राहीको जिम्मेवारी कसले लिने ?”

मालपोत कार्यालय टीकापुरले असोज १ गतेबाट हालसम्म तीन पटक नियम बदलिसकेको छ । मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाड हुन थालेपछि असोज ४ गते आइतबारबाट एक स्थानीय तहका लागि एक बार मात्र सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त नियम दुई दिन पनि टिक्न सकेन । त्यसपपछि दैनिक ४० जना सेवाग्राहीको काम मात्र हुने गरी कुपन प्रणाली लागू ग¥यो । त्यो नियम पनि दोस्रो दिन कार्यान्वयन हुन सकेन ।

पुनः मालपोत कार्यालयले साविकका गाविस अनुसार बार छुट्याएर सेवाप्रवाह गर्न शुरु ग¥यो । त्यसमा पनि अत्याधिक भीडभाड हुन थालेपछि मालपोत कार्यालयले साविकका गाविसलाई बार अनुसार दैनिक ६० वटा कुपन वितरण गरी सेवा प्रवाहको काम शुरु गरेको छ । अहिले दैनिक ६० वटा कुपन वितरण हुँदा सेवाग्राही राति ३ बजेदेखि नै कुपनका लागि लाइनमा बस्ने गरेका छन् ।

मालपोतले १० बजेपछि मात्र कुपन वितरण गर्ने भने पनि सेवाग्राहीले बिहान ३ बजेदेखि नै लाइनमा बस्दै आएका नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति टीकापुरका अध्यक्ष सत्यराज शर्माले बताए। उनले बन्दाबन्दीका कारण हजारौं सेवाग्राहीको काम रोकिएको बताउँदै सुरक्षाका मापदण्ड अपनाएर आएका सेवाग्राहीका काम कर्मचारीले गर्न सके भीडभाड कम हुने बताए ।

“रोक्का, फुकुवाका लागि किन कुपन वितरण गर्नुप¥यो रु कुपन प्रणालीले झनै जोखिम निम्त्याएको छ”, अध्यक्ष शर्माले भने, “यदि कुपनै वितरण गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अघिल्लो दिन नै कुपन वितरण गर्दा भीडभाड कम हुनसक्छ ।”

मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हप्तैपिच्छे नियम परिवर्तन गर्नुपरेको बताए । उनले जुन प्रक्रिया अपनाउँदा पनि भीडभाड कम गर्न नसकिएको बताउँदै मालपोत कार्यालय कोरोनाको उच्च जोखिममा रहेको बताए। “हामीले रहरभन्दा पनि बाध्यताले विकल्प खोज्दै आएका हौं”, उनले भने, “अझै पनि सेवाग्राहीको भीडलाई नियन्त्रण गर्न सकेका छैनौँं । त्यसमा पनि प्रतिलिपि र निवेदनमा हामीले कुपन प्रणाली लागू गरेका छैनौं ।”

अहिले कुपन वितरण व्यवस्थित गर्न भन्दै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीसमेत मालपोत कार्यालयमा खटिँदै आएको छ । प्रहरी खटिए पनि कुपनका लागि भने ठूलो हानथाप गर्नुपर्ने अवस्था मालपोत कार्यालयमा देखिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending