कैलाली । कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ । टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो ।
प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो अभियान थालेको हो । टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछन् ।स्थानीय परिवेश अनुसार समिति गठन हुन्छ । वडाको भौगोलिक समस्या हेरेर, जनसङ्ख्याका हिसावले पनि हुनेछ । हरेक वडामा १० भन्दा बढी समिति हुनेछन् ।
प्रहरी र नगरपालिका मिलेर थालेको यो अभियानअन्र्तगत अहिलेसम्म वडा नं १, ४,८,६मा वडा र टोल सुरक्षा समिति गठन भइसकेका छन् । अन्य वडामा गठन कार्य चलिरहेको छ । टोल सुरक्षा समिति वडास्तरीय ९ वटा र हरेक वडामा १० भन्दा माथि टोल सुरक्षा समिति गठन हुनेछन् । वडा १ को जनसङ्ख्या र क्षेत्रफल धेरै रहेकाले यहाँ २२ वटा समिति गठन भएका छन् । नगरपालिकाभरी सयभन्दा बढी समिति गठन हुने देखिएको छ ।
टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल ९ वटै वडाध्यक्षसँगको छलफलपछि सबै वडामा यो अभियान थालिएको जानकारी दिए । यो समितिले शान्ति सुरक्षासँगै महिलामाथि हुने हिंसा न्यूनिकरण, समाजमा गलत अभ्यासका रुपमा रहेका बालविवाह, बहुविवाह जस्ता गलत परम्परा न्यूनिकरणमा समेत सघाउनेछ ।
समितिले समुदायमा विद्यमान विकृति, विसंगति, लागू औषध दुव्र्यसन न्यूनिकरणका क्षेत्रमा जनचेतना जगाउने कार्य गर्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। ‘‘यो अभियानले स्थानीय नागरिक र प्रहरीको सु–सम्बन्ध स्थापना हुने अपेक्षा छ’’, उनले भने, ‘‘भुगोल, जनसङ्ख्या र स्थानीय परिवेशअनुसार समिति गठन गर्नै थालिएको छ । समितिमा बडघर, स्थानीय अगुवा, महिला स्वास्थ्य स्वयम सेविकालाई पनि रहने गरेका छन् ।’’
टोल समितिलाई नगरपालिका र प्रहरीले प्रशिक्षण, कानुनी व्यवस्थाका कुरा, उनीहरुको दायित्वबारे समेत जानकारी दिइनेछ । टोल सुरक्षा समितिका ड्युटीमा खट्नेका लागि सुरक्षा ज्याकेट, परिचय पत्र, टर्च, एउटा समितिलाई एउटा मोबाइल जस्ता अत्यावश्यक सामग्री वितरण गरिनेछ । यी सामान नगरपालिकाले सघाएको हो । ‘‘समुदायको सुरक्षाका लागि नागरिक आफैँलाई जिम्मेवार बनाउने उद्देश्यले यो अभियान थालिएको हो’’, नगर प्रमुख रावलले भने, ‘‘रातिको समयमा प्रहरीको साथमा स्थानीय नागरिकले आफ्टो टोलमा गस्ती गर्नेछन् । गस्तीमा एक वा दुईजना प्रहरी नागरिकसँगै जानेछन् ।’’ नगर प्रमुख रावल टोल समितिले गस्ती गर्छ भन्ने सन्देश गएमा समुदायमा हुने केही अपराधिक घटना डराएरै कमी आउने बताए।
नगरपालिका र प्रहरी मिलेर विद्यालयस्तरीय र टोलस्तरीय जनचेतना जगाउने खालका कार्यक्रम समेत गर्दै आएको छ । ‘‘कोरोना महामारीका कारण समुदायमै गरिने यस्ता जनचेतनामूलक कार्यक्रम केही प्रभावित भएका छन्’’, नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठुकल्लाले भन्नुभयो, ‘‘प्रहरी र स्थानीय तह मिलेर बालविवाह, लैँगिक हिंसा, लागू औषध दुव्र्यसन न्यूनिकरणका लागि जनचेतना जगाउने कार्यक्रम गर्र्दछौँ । स्वास्थ्य जोखिम कम भएमा यी कार्य समेत निरन्तर हुनेछन् ।’’
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: