डोटी । जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ । स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उमेदवार रहनु भएका दीर्घराज बोगटीले पूर्वीचौकी गाउँपालिकाका सबै वडामा विद्युत् पु¥याउने घोषणापत्र सार्वजनिक गर्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि आफूले गरेका बाँचा पूरा गर्ने योजनाअनुसार सबै वडामा विद्युत् विस्तार गरिएको उनले बताए । नौ वटा स्थानीय तह रहेको डोटीका अधिकांश स्थानीय तहका वडामा विद्युत् विस्तार नभइरहेका बेला पूर्वीचौकी गाउँपालिका भने झिलिमिली भएको हो ।
गाउँपालिकाको नीति तथा नियमअनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रशारण लाइनको विद्युत् सेवा विस्तारगर्ने योजनाअनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तारभएको हो । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा विद्युत् विस्तारका लागि विनियोजन गरेको रु २८ लाख बजेट र नेपाल विद्युत् प्राधिकरण दिपायलको प्राविधिक सहयोगमा गाउँपालिकामा विद्युत् सेवा विस्तार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए। उनले भने, “उज्यालो गाउँपालिका बनाउने योजनाअनुसार गाउँगाउँमा राष्ट्रिय प्रशारणको विद्युत् पु¥याइएको छ, अहिले यहाँका गाउँ घर झिलिमिली भएका छन्, स्थानीयवासी पनि खुशी भएका छन् ।”
गाउँमा विद्युत् विस्तारको क्रम शुरु भएसँगै अहिले उक्त गाउँपालिकाका विभिन्न वडामा कुटानी, पिसानीका मिलहरु सञ्चालन गर्न अनुमतीका लागि निवेदन दर्ता गर्नेक्रम बढेको उहाँको भनाइ छ । चुनाव प्रचार प्रसारको बेला जनतासँग गरेका विकास गर्ने बाचाअनुरुप आफूले गाउँमा विद्युत् र सडक विस्तारगर्न थालेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए ।
उनले भने, “विगतमा मैले यहाँका जनतासँग विद्युत्, सडक र खानेपानीको पहल गर्ने बाचा गरेको थिए, सोहीअनुसार क्रमिकरुपमा सबै कामको विकास गर्दैछु ।” गाउँमा विद्युत् विस्तार भएसँगै अध्यारोमा जीवन यापन गर्दै आएका सयौँ घरधुरी लाभान्वित भएको गाँउपालिकाले जनाएको छ । वर्षौदेखि सल्लाको दियालो ९झुरो० र टुकीले उज्यालो बनाउँदै आएका त्यहाँका नागरिक गाउँमा विद्युत् विस्तार भएपछि निकै खुशी भएको पूर्वीचौँकी गाउँपालिका–५ चैकोटका स्थानीयवासी चक्रबहादुर कठायतले बताए।
गाउँपालिका भरीमा केही विकट गाउँ मानिएका धानुकाँडा, बोगटीगाउँलगायत क्षेत्रमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा विस्तार भई सञ्चालनमा आई सकेको स्थानीयवासी बताउँछन् । उक्त गाँउपालिकाका प्रत्येक घरहरुमा चालु आर्थिक वर्षको अन्तिमसम्म विजुली बाल्ने गाउँपालिकाले योजना बनाइ सोही अनुसारको पत्राचार भएकाले विद्युत् विस्तारको काम अगाडि बढाएको साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: