Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

परिवार बाहेकका अन्य व्यक्तिसँग भेटघाट नगर्न सरकारको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तिमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गरे । प्रवक्ता गौतमले भने, “चाड पर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानै पर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।”

मन्त्रालयले धार्मिक स्थलमा हुने हरेक भेला, कार्यक्रममा बढिमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्न, अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्न र शरीर छुने वा अङ्गालो मार्ने कुनै प्रकारको अभिवादन नर्गन पनि सबैमा आग्रह गरेको छ । प्रवक्ता गौतमले भने, “नाक, आँखा, मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोएर वा हातमा सेनिटाइजर प्रयोग गरेर मात्र छुने, खोक्दा, हाछ्यँु गर्दा रुमाल या टिसियु पेपरले मुख छोप्ने, सो सम्भव नभएमा कुइना दोबारेर छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय माध्यमबाट कारोवार गर्ने बाली बासाल्नुपर्छ ।”

उनले उच्च जोखिममा रहेका व्यक्तिले घर बाहिर हुने मेलामा सहभागि नहुन पनि आग्रह गरे । उनका अनुसार मन्त्रालयले ज्वरो, खोजी वा स्वासप्रश्वासमा समस्या भएका व्यक्ति, ६० वर्ष भन्दा बढि उमेर भएका व्यक्ति, १२ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला, कलेजो सम्बन्धि समस्या, दमलगायत दीर्घ रोग भएका व्यक्तिहरु, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्तिलाई कोभिड–१९ बाट सुरक्षित राख्नुपर्छ ।

कार्यक्रम स्थलमा ध्रुमपान र मध्यपानको पूर्ण रुपमा निषेधित गरिएको तथा जनस्वास्थ्यको पालन नगर्ने र जथाभावी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालले जथाभावी फोहोर नफाल्न पनि सबैमा आग्रह गरेको छ । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा केदार मरठाले मानसिक स्वास्थ्यको नियमित जाँच गर्न आग्रह गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending