काठमाडौं । नवनियुक्त परराष्ट्रसचिव भरतराज पौड्यालले शुक्रबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई बिहीबार मुलुकको २४ औं परराष्ट्रसचिव नियुक्त गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पौड्याल आगामी चार वर्ष परराष्ट्रसचिव रहनेछन् । यसअघि परराष्ट्रसचिव रहेका शंकरदास बैरागी मुख्यसचिवमा बढुवा भएपछि पौड्याल वरीयताका आधारमा सचिवमा बढुवा भएका हुन् ।
‘मैले कार्यभार सम्हालेको छु,’ परराष्ट्रसचिव पौड्यालले भने । कार्यभार सम्हालेपछि परराष्ट्रका कर्मचारीलाई सम्बोधन गर्दै पौड्यालले जनताको आवाज सम्बोधन गर्दै राष्ट्रिय स्वार्थ पूरा गर्न मन्त्रालय खरो उत्रिनुपर्ने बताए । उनले परराष्ट्रका कर्मचारीहरूलाई यसका लागि तयार हुनसमेत निर्देशन दिए ।
बमपरराष्ट्र मन्त्रालयप्रति पछिल्लो पटक सरकारको विश्वास बढेको भन्दै यो विश्वास कायम राख्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ थियो ।
‘परराष्ट्र मन्त्रालयबाट यसपटक मुख्यसचिव बन्ने अवसर प्राप्त भयो, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट मन्त्रालयप्रति देखाइएको विश्वासले हाम्रो आत्मविश्वास बढेको छ, यसलाई कायम गर्न हामी खरो उत्रिनुपर्छ,’ सचिव पौड्यालको भनाइ उद्धृत गर्दै परराष्ट्रका एक सहसचिवले भने ।
सम्बोधनका क्रममा परराष्ट्रसचिव पौड्याल आफू विद्यालय नभएको स्याङ्जाको चिलाउनेबास गाउँबाट आएर परराष्ट्रसचिव बन्ने अवसर पाएको भन्दै भावुक भएका थिए ।
सचिव हुनुअघि पौड्याल परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता थिए । उनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंस्थासम्बन्धी महाशाखाको नेतृत्व गर्दै आएका थिए । त्यसअघि परराष्ट्रसचिव पौड्याल सन् २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि नेपाली राजदूत थिए ।
पाकिस्तान जानुअघि पौड्याल परराष्ट्र मन्त्रालयको दक्षिण एसिया तथा सार्क महाशाखा प्रमुख थिए । यो महाशाखामा नेपाल–भारत सम्बन्धका काम प्राथमिकतामा हुने गरेको छ । उनीसँग दक्षिण एसिया महाशाखाको प्रमुख र सेकेन्ड म्यान दुवैको अनुभव छ ।
पौड्यालले उत्तरपूर्वी तथा दक्षिणपूर्वी एसिया महाशाखामा पनि उपसचिव हुँदा काम गरेका छन् । यसमा विशेषतः चीन र जापान मामिला पर्छ ।
उनीसँग जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभव छ । उनले युरोप–अमेरिका डिभिजनमा पनि काम गरिसकेका छन् भने उपशिष्टाचार महापालदेखि राहदानी विभागको महानिर्देशकको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
भारतसँग वार्ता के हुन्छ ?
जानकारहरूका अनुसार परराष्ट्रसचिव पौड्यालको परीक्षा भारतीय समकक्षी हर्षवद्र्धन सृंगलासँग हुने आगामी वार्ताबाट सुरु हुनेछ । कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा दुवै देशका परराष्ट्रसचिवस्तरीय वार्ताका लागि दुई पक्षबीच छलफल भए पनि मिति तय भएको छैन ।
कोरोना महामारी सकिएपछि वार्ता गर्ने भारतको अडान छ । नेपालले भने तत्कालै वार्ता सुरु गर्नुपर्नेमा जोड दिँदै आएको छ । ‘भारतसँग वार्ताका लागि कूटनीतिक पहलकदमी कसरी लिनुहुन्छ, पौड्यालको परीक्षा त्यहीँबाट सुरु हुन्छ,’ एक जना पूर्व राजदूतले भने ।
दुई राजदूतको एग्रिमो आयो
सरकारले पाकिस्तान, जर्मनी र बेल्जियमका लागि सिफारिस गरेका तीन राजदूतमध्ये दुईजनाको एग्रिमो आएको छ । पाकिस्तान र जर्मनीका लागि सिफारिस क्रमशः तापस अधिकारी र रामकाजी खड्काको एग्रिमो आएको छ ।
अब चाँडै राष्ट्रपतिबाट नियुक्ति र शपथको तयारी हुने परराष्ट्र स्रोतले बतायो । बेल्जियमका लागि राजदूत सिफारिस प्रमुख शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीको एग्रिमो भने आउन बाँकी छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: