कैलाली । कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा नागरिकलाई सास्ती भएको छ ।
भजनी–८ स्थित दैलेखीटोल, जनकपुर, झवहीबाट जनकपुरसम्मका नागरिकको किनमेल गर्ने बजार टीकापुरको सत्ती, बेलुवा, भजनी र टीकापुर हो । यी बजार आउजाउ गर्न बेलुवाघाटमा पुल नहुँदा हजारौँ नागरिक समस्यामा परेका छन् ।
पुल हुँदा दुई किलोमिटर दूरी पार गरे सत्ती पुगिने त्यहाँका नागरिकलाई अहिले १० किलोमिटर दक्षिणपट्टि वा १५ किलोमिटर झवही गएर नदी पार गर्नुपरेको छ । पुल नहुँदा समस्या भएको भजनी–८ जनकपुरका अजय तिमिल्सिना बताउछन् ।
‘पुल नभएर नागरिकलाई निकै कठिन छ । दुई किलोमिटरमा टीकापुर पुग्न सकिन्छ तर पुल नभएकै कारण १५ किलोमिटरसम्मको यात्रा गर्न बाध्य छौं,’ तिमिल्सिनाले भने, ‘धेरै समयदेखि पुल निर्माणको माग गरिरहेका छौँ तर बनाउन पहल भएको छैन ।’
यो बाटो कृषि प्रयोजनका लागि प्रयोग हुन्छ । मलवारा क्षेत्रका नागरिक धेरैले खेतीपाती गर्छन् । यो बाटो भएर दैनिक हजारौं नागरिक हिँडडुल गर्छन् । यहाँका करिब १० हजार नागरिकले यो बाटोको प्रयोग गर्छन् ।
यतिबेला धान बिक्री गर्ने सिजनमा पुल नहुँदा समस्या भएको जनकपुरका खेमराज चौधरीले बताए । ‘हाम्रो धान खरिद बिक्री गर्ने बजार सत्ती र टीकापुर हो । गल्ला व्यापारीले धान खरिद शुरु गरेका छन्’, चौधरीले भने, ‘धान बिक्री गरेर घर खर्च चलाउने हामीलाई बिक्री गर्न लैजान समस्या भएको छ । पुल भए कति सहज हुने थियो ।’
चौधरीले पुल नभएकै कारण ढुवानी खर्च बढेको, समय बढी खर्च हुने गरेको बताए । ‘भजनी र टीकापुरका आठ गाउँका मानिसले प्रयोग गर्ने बाटोमा पुल छैन । विगतमा हिउँदमा पानी घटेर नदी वारपार गर्न सकिन्थ्यो,’ चौधरीले भने, ‘पछिल्ला वर्ष नदीमा पानीको बहाव घटेको छैन । नदी वारपार गर्न सकिँदैन ।’ पुल निर्माणका लागि धेरै पहल गरे पनि निर्माणमा कसैले ध्यान नदिएको उनीहरुको गुनासो छ ।
यहाँका स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटबाट दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ, तर पुल नहुँदा यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन, व्यापारिक विकास गर्न पनि कठिन भएको स्थानीय ज्ञानबादुर रावलको भनाइ छ ।
‘पुल भएको भए यहाँको व्यापारिक विकासमा सहयोग पुग्ने थियो,’ रावल भन्छन्, ‘पुल बने यहाँ उत्पादन भएको तरकारीले समेत बजार पाउने थियो ।’
बाटो र पुलको समस्याले यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन कठिन भएको छ । महिलालाई सुत्केरी तथा गर्भवती अवस्थामा सेवा लिन कठिन भएको निर्मला तिमिल्सिनाको गुनासो छ ।
‘शल्यक्रिया गर्नुपर्ने बिरामीले बाहिर जानुपर्ने हुन्छ तर बाटोको समस्याले सेवा लिन कठिन भएको छ,’ उनले भने, ‘बाढीका कारण भएको बाटो पनि यातायात चलाउन कठिन छ । यहाँका महिलाले बढी समस्या भए यही ज्यान जाने अवस्था छ ।’
दुई स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटमा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए ।
‘स्थानीय तहले आफैँले बनाउन सक्ने अवस्था छैन, दुवै स्थानीय तहले प्रदेश सरकारसँग माग गरेका छौं,’ चौधरी भन्छन्, ‘आश्वासन पाएका छौँ, अब पुल बन्छ ।’ नगरप्रमुख चौधरीले पुल निर्माण भएमा यहाँको व्यापारिक, आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने बताए । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: