सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक नेपालीको हत्या गरेको आरोपमा भारतीय नागरिक आज थुनामा परेका छन् । नेपाली भूमिमा प्रवेश गरी डाक्नेश्वरी नगरपालिका–६ कटैयाका ६५ वर्षीय रामदेव यादवको हत्या गरेको आरोपमा भारत बिहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम पञ्चायत करियौत–८ का १९ वर्षीय प्रदिपकुमार यादव पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतले जनाएको छ ।
अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार अदालतको आदेशमा यादव पूर्पक्षका लागि थुनामा परेका छन् । सोही ठाउँका भारतीय २० वर्षीय देवगोरा यादव र १८ वर्षीय सरोज यादवविरुद्ध पनि वारेण्ट जारी गरिएको स्रेस्तेदार मास्केले बताए। धानबालीमा चर्दै गरेको भैंसीको हुललाई भदौ ६ गते अपरान्ह धपाउन पुगेका किसान रामदेव यादवलाई भैंसी चरवा भारतीय नागरिकहरुले लाठीले निर्घात कुटपिट गरेका थिए ।
गम्भीर घाइते रामदेवको राजविराज, विराटनगर हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका बेला भदौ २१ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए । मृतकका छोरा ललनकुमार यादवले दिएको कर्तव्य ज्यानको उजुरी भदौ २२ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भयो । घटनास्थलबाटै गाउँलेको नियन्त्रणमा परेका प्रदिपलाई भदौ १३ गते इलाका प्रहरी कार्यालय पातो हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाइएको स्थानीय ओमप्रकाश यादवले जानकारी दिए ।
चोरी आरोपित थुनामा
चोरी आरोपमा सप्तरीको राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल र रूपनी गाउँपालिका–२ हरीरावाका लाल मोहम्मद राइन कारागारमा थुनामा परेका छन् । सप्तरी जिल्ला अदालतको आदेशमा राइन र मण्डल पूर्पक्षका लागि थुनामा परेको अदालतले जनाएको छ । अदालतले सनियाका बहिनी राजविराज–४ बस्ने ज्योति मण्डल सहनी र उनकै मदिरा पसलमा काम गर्ने समिम सलिमलाई पुर्पक्षका लागि रु ७५ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
धरौटी रकम तिर्न नसक्दा समिम भने राजविराज कारागारमा थुनामा परेको र ज्योति धरौटी राखेर पूर्पक्षका लागि तारखेमा रिहा भएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए । चोरी आरोपमा कारागारमा थुनामा परेका राइन प्रतिनिधि सभाको गत निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा देशभक्त लोकतान्त्रिक पार्टीबाट उम्मेदवार थिए भने पछिल्लो संविधानसभामा समेत उम्मेदवार बनेका थिए ।
राजविराज नगरपालिका–७ हटियास्थित ओमप्रकाश साहको पसलबाट भदौ २२ गते चार लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेको भन्दै साहले तत्काल प्रहरीलाई खबर गरेका थिए । चोरी भएको रु तीन लाख ६० हजार र रु ५० हजारको रिचार्ज कार्डसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
महिलामाथि अभद्र व्यवहारका आरोपितहरु पक्राउ
सप्तरीकी ३५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बिष्णुपुर गाउँपालिका–६ का ३६ वर्षीय वचवा भनिने राजेश सरदार र २८ वर्षीय कोभिया सरदारलाई पक्राउ गरेको हिो । जल्ला प्रहरी कार्यालयले अभद्र व्यवहारको उजुरी दर्ता गरी आज अदालतबाट म्याद थप गरेको छ ।
घर अगाडिको गोठ घरमा सुतेका बेला मादकपदार्थ सेवन गरी आएका आरोपितहरुले मुख थुनेर यौन दुव्र्यवहार गरेको भन्दै प्रारम्भिक वयान दिएको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको हो । पीडितले लिखित उजुरी नदिए पनि हस्ताक्षरसहितको वयानका आधारमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: