काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै कार्यालयका प्रमुख प्रहरी नायवमहानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले नागरिकको चित्त दुखाउने छैन भन्ने प्रणका साथ सेवा गर्नुपर्ने बताए। उनले कसैको दबाब र प्रभावमा नपरी मनबाटै असल प्रहरी बन्छु भनेर प्रतिबद्ध हुन मातहतका प्रहरीलाई निर्देशन दिए ।
“व्यवहारमा कुनै पनि नागरिकको चित्त दुखाउने छैन, कानुन कार्यान्वयनमा तेरो÷मेरो र ठुलो÷सानो नभनी सेवा गर्नुछु भन्ने मनमा राखेर काम गर्नुहोस्”, उनले भने, “मेरो काम नागरिक, सङ्गठन र राज्यले हेरिरहेको छ, भन्ने सोच मनबाट सधै राख्नुहोस् ।”
प्रहरीले मैले त्रुटी गर्दा सङ्गठनको गरीमामा ठेस लाग्छ र राम्रो काम गर्दा सरकार कै शिर उँचो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनले एउटा जवानले गरेको गल्तीले सङ्गठनलाई कति क्षति पुगेको छ भनेर विगत स्मरण गर्न सुझाए । कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेको परिस्थितिमा प्रहरीको जिम्मेवारी थपिएको स्मरण गराउँदै पोखरेलले जटिल अबस्था आइपरेमा पनि नागरिकेको सुरक्षाबाट प्रहरी भाग्न नसक्ने उनको भनाइ थियो ।
उक्त समरोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आवश्यक कमजोरी हटाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा कटिबद्ध भएर लागि परेको जानकारी गराए ।
“अहिलेको चुनौतीपूर्ण अबस्थामा नागरिकलाई बचाउने जिम्मेवरी प्रहरीको हो, आफ्ना व्यक्तिगत समस्यालाई थाती राखेरै भए पनि नागरिकको सुरक्षा महत्वपूर्ण हुन्छ”, ढकालले मातहतका ट्राफिक प्रहरी सामु भने, जिम्मेवारीबाट कोही पनि चुक्नु हुन्न ।”
प्रहरी नायव महानिरीक्षक पोखरेलले आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा निर्माण भएको प्रहरी अधिकृत तथा जवानको संयुक्त मेस भवन उद्घाटन गरेका छन्। झण्डै रु १४ लाखको लागतमा निर्माण भएको उक्त भवन निर्माण भएकाले अब मेस सञ्चालनमा सहज हुने जनाइएको छ । भवन निर्माणको काम गत माघदेखि शुरु भएको थियो ।
आजै उनले हराएका, फेला परेका तथा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापनसम्बन्धि सफ्टवेयरसमेत उद्घाटन गरेका छन्। उक्त सफ्टवेयरका कारण त्यस्ता सवारीको खोजीका लागि नागरिकले अनलाइनबाटै निवेदन दिन सक्नेछन् । उनीहरु प्ररही कार्यालय आउनुपर्ने छैन । महाशाखालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत उक्त सफ्टवेयर प्रयोगमा ल्याइएको महाशाखाले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: