Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

६ महिनादेखि तलब नपाएपछि निजी विद्यालयका शिक्षक सडकमा

सुनसरी । निजी विद्यालयका शिक्षकले प्रदेश १ का मुख्यमन्त्री र अन्य मन्त्रीले आफ्ना पीडाबारे कुनै चाँसो नदिएपछि बाध्य भएर सडक आन्दोलन थालेर अब माग पूरा गराएर मात्रै विश्राम लिने घोषणा गरेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - निजी विद्यालयका शिक्षकको संस्था शिक्षक युनियन (इस्टु) प्रदेश १ ले शनिबार इटहरीमा प्रदर्शन गरेपछि आयोजित कार्यक्रमका वक्ताले मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला र कानुनमन्त्री हिक्मत कार्कीले चासो नदिएपछि आन्दोलन थालेकोमा अब माग पूरा गराएरै छाड्ने बताएका हुन् ।

झापा, मोरङ र सुनसरीका निजी विद्यालयका शिक्षक शनिबार इटहरीमा भेला भई केन्द्रीय कार्यक्रमअनुसार प्रदर्शन सुरु गरेको मोरङ इस्टुले बताएको छ ।

‘हामीले ६ महिनादेखि तलब नपाएकाले घरमा चुल्हो नै बल्न छाडेपछि मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र विद्यालय सञ्चालकलाई भन्दा पनि माग सुनुवाइ भएन,’ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ का अध्यक्ष यादव अधिकारीले भने, ‘अब हाम्रा माग सुनाउनकै लागि सडकमा आयौं । निजी विद्यालयमा कार्यरत शिक्षकप्रति कसैले पनि मानवीयता देखाएनन् ।’

उनले यदि निजी विद्यालय सञ्चालकले चुल्हो बल्ने वातावरण सृजना नगरे विद्यालय सञ्चालन हुन नदिने गरी आन्दोलन चर्काउने उनले चेतावनी दिए।

‘निजी विद्यालय सञ्चालकले हामीलाई पालेको बताउने गरेका छन् । तर अब तपाईंहरू (निजी विद्यालय सञ्चालक) ले गर्दा हामी (शिक्षक) पालिएका हौं कि हामीले गर्दा तपाईहरूले पालिएको हो देखाउनेछौं,’ अधिकारीले आक्रोश पोखे, ‘निजी विद्यालय सञ्चालकले मानवीय नभएर दानवीय व्यवहार देखाएका छन् ।’

उनका अनुसार चैतयता निजी विद्यालयका शिक्षक-कर्मचारीले तलब पाएका छैनन् । तर विद्यालयले जुनसुकै बेला डाकेर काममा भने प्रयोग गर्ने गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending