झापा। प्रदेश–१ का सांसद बिर्ख प्रधानको संलग्नतामा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको सहिद वन बाटिकाबाट सिसौका रूख काटिएका छन् । प्रतिष्ठान र जिल्ला वन कार्यालयको अनुमतिविना नै सोमबार तीन वटा रूख काटिएका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्थानीय बासिन्दाका अनुसार सांसद प्रधानले तीनजना मजदुरलाई रूख काट्न लगाएका हुन् । रूख काटिरहेको देखेपछि स्थानीय बासिन्दाले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । ‘धेरैपटक रूख काटेको देखेँ । अब काट्दैन होला भनेर माफ दिएँ । ठूलो मान्छेले मनपरी गर्दा रहेछन् ।
काटेको–काट्यै गरेपछि मलाई त रिस उठ्यो, मैले नै डिएफओलाई जानकारी गराएँ,’ स्थानीय जग्गु राजवंशीले भने, ‘मैले भनेको थाहा पाएछ, बिर्खे दाइ (सांसद बिर्ख प्रधान) ले अझै केही भन्न बाँकी छ कि भन्दै थिए । डराएर त जंगल सक्छन् । त्यसैले डिएफओलाई भनिदिएँ ।’ सांसदकै उपस्थितिमा रूख काटिरहेको खबर पाएपछि पुगेको वनको टोलीले काठ लान दिएको छैन ।
सांसद प्रधान र उनका छोरा भुवनले सहिद वन बाटिकाबाट सिसौका रूख काटेको प्रतिष्ठानले पनि जनाएको छ । ‘वन पैदावरको अधिकार डिभिजन वन कार्यालयको हो । माननीय ज्यूको छोराले दाउरा मागिरहनु भएको थियो,’ प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीले भने, ‘प्रतिष्ठान व्यवस्थापन समितिमा पनि कुरा लगिएको थिएन । स्वीकृति विना रूख काटिएका हुन् ।’ भुवन प्रतिष्ठानकै कर्मचारी हुन् ।
रूख काटे पनि वनको टोलीले काठ लैजान रोक लगाएको डिभिजन वन कार्यालय, झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । ‘तीनवटा रूख काटिएको रहेछ । एउटालाई टुक्र्याइएको रहेछ । त्यो प्रतिष्ठानको कार्यालयछेउमा राखिएको छ । अरू दुईवटा काटेका ठाउँमा छन्,’ घिमिरेले भने, ‘सुकेकै रूख वनबाट निकाल्दा पनि वनलाई जानकारी दिनुपर्ने हो । जानकारी भएन । यसबारेमा छानबिन गर्छौँ ।’
प्रदेश सांसद प्रधानले भने रूख काट्नमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे । छोरा भुवनले प्रतिष्ठानबाट स्वीकृति लिएर काटेको ठाउँमा आफू गएको उनको भनाइ छ । ‘वन मेरो घरछेउमै पर्छ । छोराले मागेर काटेको रहेछ । रूख भएको ठाउँमा वाल पनि थियो । वाललाई असर नपारी काट है भन्न म गएको थिएँ । म भैँसी चराउन गएको थिएँ,’ सांसद प्रधानले भने । आफ्ना विरोधीले अनाहकमा झोसेको उनको भनाइ छ ।
रूख काट्ने तीन जना मजदुरमध्येका एक सिद्धिकुमार डाँगीले भने सांसद प्रधानले नै काट्न लगाएको बताएका छन् । ‘बिर्ख दाइले नै पार्कसँग मिलेर रूख काट्न लागेका छौँ । सुकेको रूख काट भन्नुभएको हो,’ उनले भने, ‘रूख काटेको ठाउँमा दाइ (प्रधान) आफैँ आउनुभएको थियो । उहाँहरूबीचमा सल्लाह भयो कि भएन हामीलाई थाहा भएन ।’
तीन जना मिलेर दुई हजार पाँच सयमा रूख काट्ने ठेक्का लिएको उनले बताए । उनले भने, ‘हामीले रोजीरोटीका लागि काट्यौँ । २५ सयमा तीन जनाले ठेक्का लिएका हौँ । यसमा हाम्रो के गल्ती ?’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: