Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ : मन्त्री भुसाल

इलाम । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताएका छन् । वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने र माग घट्ने मन्त्री भुसालको भनाइ छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा चियाको व्यापार चिन्ह (ट्रेडमार्क) विभिन्न चिया उद्योगलाई हस्तान्तरण गर्दै मन्त्री भुसालले व्यापार चिन्ह हुँदा मात्र बाहिरी मुलुकसँग प्रतिष्पर्धा गर्न र गुणस्तर कायम गर्न सहज हुने बताए ।

उनले मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानका लागि कृषि क्षेत्र मुख्य रहेको जानकारी दिए । “हामीले समृद्धिको दिशामा फड्को मार्नका लागि कृषि मुख्य क्षेत्र हो” मन्त्री भुसालले भने,“अबको तीन वर्षमा कृषिमा भएको दलाल पूँजीवादलाई समाप्त पार्छौैं ।” उनले चिया उद्योग टिकाउनका लागि आर्थिक सहुलियत दिने बारेमा छलफल भइरहेको जानकारी गराए । उनले अब राज्यले व्यक्तिगत रूपमा दिइने अनुदानका कार्यक्रमलाई रोकेर सामूहिक र संस्थागत अनुदानलाई प्राथमिकता दिइने बताए ।

सो अवसरमा ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो इलाम र झापाका १२ वटा उद्योगलाई हस्तान्तरण गरिएको थियो । यस्तै गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन् । जस्बिरे टी स्टेट, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटलगायतका चिया प्रशोधन उद्योगलाई लोगो हस्तान्तरण गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: