Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बैद्यमाओवादीबाट दर्जनौं कार्यकर्ता विप्लव माओवादीमा प्रवेश

४ साउन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादीमा कार्यकर्ता प्रवेश गर्ने लहर नै चलेको छ । पार्टी पुनर्गठन भएको करिब आठ महिना पुग्दा क्रान्तीकारी विचार हुनेहरुले ‘पर्ख र हेर’ को अवस्थामा रहेका सबै नेता कार्यकर्ताहरु क्रान्तीलाई साथ दिने भन्दै नेकपा माओवादीमा प्रवेश गरेका छन् । केही समय अगाडीमात्रै दर्जनौं कार्यकर्ताहरु प्रवेश गरेका ईलाका नं। १ स्थित देवदह नगरपालिकाको वडा नं। ११ चरङ्गेबाट गत आईतबार केन्द्रीय नेतालगायत जिल्लास्तरका नेताको माझ एक कार्यक्रमका बीच झण्डै दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरी टिका ग्रहण गर्दै क्रान्तीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल उपव्यूरो इन्चार्ज विरजंगले पार्टीले नेपालको मौलिकतामा क्रान्ती गर्ने र यहाँका दलाल पूँजीवादीहरुलाई तह लगाउने बताउँदै भने, ‘हामी क्रान्तीको तयारीमा छौं, यहाँ छिटो गर्नुप¥यो भन्ने मान्छे धेरै छन् तर हामीले कसैको लागी गर्ने नभई यसको पूर्ण तयारीपछि मात्र क्रान्ती गर्ने हो ।’ पार्टी प्रवेश गर्नेहरुमा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा जिल्ला सचिव, नेकपा–माओवादीका जिल्ला सदस्य झलक प्रसाद पौडेल, नेकपा–माओवादीका ईलाका सदस्य तथा वडा सेक्रेटरी शिव जि.सी., नेकपा–माओवादीका ईलाका सदस्य वडा सह–इन्चार्ज लिल बहादुर थापा, दलित मुक्ती मोर्चाका जिल्ला सदस्य कृष्ण विक, दलित मुक्ती मोर्चाका जिल्ला सदस्य हुकुम परियार, पार्टी सदस्य धनबहादुर वि.क., पार्टी सदस्य उमानाथ शर्मा, अखिल नेपाल महिला संघ जिल्ला सल्लाहकार हरीकला आचार्य, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य विनिता शर्मालगायत रहेका छन् । नवप्रवेशिहरुको तर्फबाट बोल्दै झलक प्रसाद पौडेलले आफूहरुले हिजो पनि क्रान्तीलाई आफ्नो ठाउँबाट सहयोग गरेको र आजपनि जस्तोसुकै सहयोग गर्न समग्र चरङ्गेबासी क्रान्तीकारीहरु तयार रहेको बताए, उनले समग्र देवदह नगरपालिका र ईलाका नं. १ को पार्टी मजबुद बनाउन आफुहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम पार्टी जिल्ला सचिवालय सदस्य तथा ईलाका नं. १ का इन्चार्ज शिशिरको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य मुक्ती अर्यालको सञ्चालनमा भएको थियो भने सबै नवप्रवेशिहरुलाई क्रान्तीलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकोमा धन्यवाद साथै स्वागत जिल्ला सचिवालय सदस्य कल्पना सुवेदीले गरेकी थिईन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending