Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

दूरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना

काठमाडौं । छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लािग बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो ।

भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न माग गर्न बसेका शान्तिपूर्ण धर्नाकारीमाथि प्रहरीले लाठीचार्ज गरी दुई जनालाई घाइते बनाएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले जानकारी दिए । प्रहरीले विश्व हिन्दू युवा सङ्घका संयोजक ऋषिकेशजङ्ग शाह, महासङ्घका पुष्प पराजुली लगायतलाई लाठी प्रहार गरी घाइते बनाएको छ ।

धर्नापछि आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले वैदिक सनातन एवं ओमकार परिवारभित्रका बौद्ध लगायत मौलिक धर्मलाई सिध्याउने खेल भइरहेकाले सचेत हुन आह्वान गरे । पशुपति क्षेत्र विकास कोषले असार अन्तिम साता महामारीमा मन्दिर खोल्ने सम्बन्धी मापदण्ड बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरेको छ । मन्दिर खोल्ने मापदण्ड मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेकोसम्म जानकारी प्राप्त भएको कोष सञ्चालक परिषद् सदस्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिए ।

गत हप्ता कमलादी गणेश मन्दिर दुई दिन खुला भएपछि भीड बढेकाले बन्द भएको थियो । धार्मिक अभियानकर्मी प्रकाशजङ्ग रायमाझी पशुपतिको फूल, प्रसाद, चन्दन बाहिर ल्याएर वितरण गरी मूल मन्दिरभित्र प्रवेश गर्न दिनु नहुने बताउछन्। उपत्यकामा कोरोना सङ्क्रमण बढिरहेको, स्वास्थ्य पूर्वाधार नभएको, सरोकार भएका निकायको यसतर्फ ध्यान नगएको अवस्थामा मन्दिरभित्र प्रवेश गर्न दिँदा असहज अवस्था आउन सक्ने भएकाले धैर्य गर्नुपर्ने उनको भनाई छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending