दुल्लू । दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् ।
यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती शुरु गरेका जाहरकोटका किसान चन्द्रबहादुर थापाले तरकारी खेतीबाटै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन् । उनले २० रोपनी जग्गामा गरेको तरकारी खेतीको आम्दानीले दुई छोरालाई सब—इञ्जिनीयर पढाएका छन् । अहिले दुबै छोरा नेपाल सरकारको जागीरे छन् ।
त्यस्तै, नारायण नगरपालिका–२ का अध्यक्ष रेशमबहादुर थापाले पनि करिब २५ रोपनी जग्गामा गरेको व्यवसायिक तरकारी खेतीबाट वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्छन् । चन्द्रबहादुर र रेशमबहादुर मात्र होइन, यहाँका प्रायः सबै घरपरिवारले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । सरकारी तथा अन्य पेशामा आवद्ध भएकाले पनि बिहान बेलुकाको समयलाई सदुपयोग गर्दै तरकारी उत्पादनमा लागेका छन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जाहरकोटबाट मात्रै वार्षिक रु ७ करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । “यहाँबाट उत्पादित तरकारी जिल्लाबाहिर पनि जाने गरेको छ”, व्यावसायिक तरकारी खेतीमा लागेका किसान सर्वजित भण्डारीले भने, “तरकारी खेतीबाट वार्षिक रु १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ ।” आठ वर्षअघि भाडामा जग्गा लिएर तरकारी खेती शुरु गरेका भण्डारीले अहिले तरकारी लगाएको सबै जमीन खरिद गरेर आफ्नो नाममा सम्पति जोडिसकेको छ । त्यति मात्र होइन, यसैको आम्दानीले सुर्खेतमा पनि दुई वटा घडेरी जोडिसकेको उनको भनाइ छ ।
तरकारीको आम्दानीले आफ्नो जीवन नै सुखी बनाएको वडाध्यक्ष थापाको भनाइ छ । छत्तीस वर्ष शिक्षण पेसामा संलग्न हुँदा र अहिले वडाध्यक्ष हुँदा पनि आफूले तरकारी खेती निरन्तर रुपमा गरिरहेको उनले भने । यहाँको तरकारी दैलेख सदरमुकाम, सुर्खेत र नेपालगञ्जलगायत बजारमा विक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए । “यहाँको उत्पादनले भारतबाट आउने तरकारीलाई विस्थापित गराएको छ”, उनले भने, “विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले पछिल्लो समय यहाँका किसान अर्गानिक तरकारी खेतीमा जोड दिएका छन ।” उनीहरु जैविक विषादीको प्रयोग गरी रोग र कीरा नियन्त्रण गर्न थालेका छन् ।
जाहकोटलाई नमूना तरकारी केन्द्रको रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: