Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

शहीद सिन्धु–लालध्वज मार्ग ट्रयाक खोलेको २४ वर्षपछि कालोपत्रे

तनहुँ । शहीद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौबीस वर्षपछि कालोपत्रे गर्न शुरु भएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रेदेखि व्यासनगरपालिका–६ क्रियापानी हुँदै लमजुङको दुईपिप्लेसम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । जिल्ला सदरमुकाम दमौलीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको शहीद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागिएको हो । कोत्रे–थप्रेक सडक मार्गअन्तर्गत करिब १६ किलोमिटर दूरीमध्ये पहिलो चरणमा १ हजार ३०० मिटर दूरी कालोपत्रे गर्न लागिएको वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

विसं २०५३ मा उक्त सडकको ट्रयाक खोलिएको थियो । उनले भने, “कालोपत्रे शुरु गर्न लागेसँगै पूर्वाधार विकास कार्यालयका प्राविधिकले सडकको माटो परीक्षण थालेका छन् ।” गण्डकी प्रदेशको रु डेढ करोडको लागतमा मिर नेपाल कन्ट्रक्सन पोखराले कालोपत्रे गर्ने जिम्मा पाएको छ । उक्त दूरीको सडक दशै अगावै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷७७ को अनुदान बजेटबाट शुक्लागण्डकी नगरपालिकाको १ र २ नम्बर वडामा पर्ने जुवेखोलादेखि धोबिडाँडासम्मको मार्ग कालोपत्रे गर्न लागिएको वडाध्यक्ष पौडेलले जानकारी दिए । शहरी विकास मन्त्रालयबाट उक्त मार्गको स्तरोन्नतिका लागि डिपिआर गर्न बजेटसमेत विनियोजन गरिसकेको छ ।

त्यसैगरी उक्त मार्ग हुँदै सिन्धुमार्गको साँघेफाँट र व्यास नगरपालिका–५ चापाघाटस्थित सदरमुकाम नजिक जोडिने हुँदा रिङरोडको रुपमा विकास गर्न लागिएको शहीद सिन्धु लालध्वज मार्ग निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा व्यास नगरपालिका–८ पुलिमराङका लालध्वज गुरुङले तत्कालिन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा तनहुँको कोत्रेमा सहादत प्राप्त गरेका थिए । उनले सहादत प्राप्त गरेको स्थानदेखि थप्रेकसम्मको मार्गलाई शहीद लालध्वज मार्ग नामकरण गरिएको हो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा व्यास–८ पुलिमराङका शम्शेर गुरुङ र भरत गुरुङ चितवनमा तथा लालध्वज, सर्वसिं र हस्तवीर गुरुङ तनहुँको कोत्रेमा शहादत प्राप्त गरेका थिए । पाँच जनाको शहीदको सम्झनामा व्यास नगरपालिकाको सक्रियतामा उनीहरुको ९जन्मघर० व्यास–८ पुलिमराङमा अर्धकदको शालिक निर्माण गरेर शहीद ग्रामको रुपमा विकास गर्न थालेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies