बागलुङ । ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली ९सोलार० प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।
सासंद पाठकको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३२, ढोरपाटन दैनिकले १५, कुलायन ब्याट्री इन्डष्ट्रिज र टपसन इनर्जी प्रालिले १०÷१० थान सोलार उपलब्ध गराएको सङ्घका सदस्य शर्माले जानकारी दिए । क्वालिटी रिन्युएवल इनर्जी, एक्सन एक्टिभ इनर्जी, सनवे इनर्जी, ब्राइट भिजन इनर्जी, सिआरसी नेपाल, सफा ऊर्जा, सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट, स्काइ इनर्जी, ड्रिम इनर्जी, एजी पावर सप्लायर्स, दीपलाइट इनर्जी र स्मार्ट सोलार कम्पनीले पाँच/पाँच थान सोलार सहयोग गरेका हुन् ।
यस्तै ज्योति इनर्जी र सौर्य इनर्जी प्रालिबाट दुई/दुई थान सोलार सहयोग आएको हो । बाढी प्रभावितका लागि सोलार जुटाउन ढोरपाटन दैनिकले संयोजन गरेको थियो । नगरप्रमुख देवकुमार नेपाली, वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्ती र वडा नं ८ का अध्यक्ष नन्दे सुनारले सोलार बझेका थिए ।
सो अवसरमा सांसद पाठकले बाढीग्रस्त क्षेत्रमा तत्कालको आवश्यकता बिजुली भएकाले सोलार सहयोग गरिएको बताए । “तपाईँहरुको दुःखमा हामी पनि छौँ भनेर ऐक्यबद्धता जनाउन यहाँ आएका हौँ”, सांसद पाठकले भने । उनले बाढीबाट क्षति पुगेका घर, सडक, लघुजलविद्युत् अयोजनालगायत भौतिक संरचनाको पुनःनिर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
ढोरपाटन दैनिकका सम्पादक गौतमले झण्डै रु १७ लाख बराबरका सोलार सेट सहयोग गरिएको बताए । “२० वाटको प्यानल, २० एम्पिएरको ब्याट्रीसहित सेटमा चाहिने सबै सामग्री छ”, उनले भने । बीस वाट क्षमताको सोलारबाट तीनदेखि पाँचवटासम्म बत्ती बाल्न मिल्ने जनाइएको छ । नगरप्रमुख नेपालीले अहिले बाढी प्रभावित परिवार बसेको ठाउँमा अस्थायीरूपमा सोलार जडान गरिने र पुनःनिर्माणपछि नयाँ घरमा सारिने उनले बताए । अन्धकारमा बसेका जनसाधारणलाई सोलारबाट ठूलो राहत मिल्ने बताए ।
यही भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटनका ११ वटा लघुजलविद्यत् आयोजनामा क्षति पुर्याएको छ । बिजुली अभावमा मोबाइल टावरसमेत बन्द हुँदा सञ्चार सेवा पनि बिच्छेद छ । वडाध्यक्ष घर्तीले ढोरपाटन क्षेत्रमा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार गर्नुपर्ने बताए । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् । बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हालसम्म झण्डै ६५ लाख नगद राहत उठेको नगरपालिकाले जनाएको छ । लाखौँ मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सहायता सामग्री सङ्कलन र वितरण भइरहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: