काठमाडौं । सम्झौताअनुसार स्वास्थ्य सामग्री आपूर्ति नगरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई) प्रालिलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कोरोेना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नीले स्वास्थ्य मन्त्रालयसँग एक अर्ब २४ करोड ६८ लाखको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार सामग्री ल्याएन । ल्याएका केही सामग्री पनि बजारमूल्यभन्दा अत्यधिक महँगा थिए ।
ओम्नीले ल्याएका सामग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठाउँदै चौतर्फी आलोचना भएपछि सरकारले गत १९ चैतमा सम्झौता रद्द गरेको थियो । समयमा सामग्री आपूर्ति नगराएका कारण धरौटी जफत गर्दै कालोसूचीमा राख्ने प्रक्रिया पनि सँगै अघि बढाएको थियो ।
ओम्नीलाई कालोसूचीमा राख्न त्यतिखेरै सार्वजनिक खरिद अनुगमको कार्यालयलाई सिफारिस पनि गरिएको थियो । करिब पाँच महिनापछि मात्रै कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले अघि बढिसकेको स्वास्थ्य सामग्री आपूर्तिको खरिद प्रक्रिया हठात् रद्द गरेर ओम्नीलाई विनाप्र्रतिस्पर्धा ठेक्का दिएको थियो । स्वास्थ्यमन्त्रीसहितका उच्च अधिकारीहरूकै मिलेमतोमा ओम्नीलाई ठेक्का दिइएको थियो ।
अख्तियार अझै अलमलमा
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितका पदाधिकारीविरुद्ध १९ चैतमै अख्तियारमा उजुरी परेको थियो । त्यस्तै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध पनि छुट्टै उजुरी परेका थियो । तर, पाँच महिना बित्दा पनि छानबिन टुंगोमा पुग्न सकेको छैन ।
दुवै उजुरीमाथिको प्रारम्भिक अनुसन्धानबाट अनियमितता भएको भेउ पाएपछि अख्तियारले विस्तृत छानबिन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठलगायतसँग बयान पनि गरेको थियो । तर, पछिल्लो समय अख्तियार मौन बसेको छ । स्रोतका अनुसार सरकारबाट दबाब आएका कारण अख्तियार छानबिन अगाडि बढाउने–नबढाउने अलमलमा परेको बताउँछ ।
ओम्नी समूहले भने सरकारको कारबाहीविरुद्ध अदालत गुहारेको थियो । सरकारले एकतर्फी रूपमा स्वास्थ्य सामग्री खरिदको सम्झौता रद्द गरेकाले सो निर्णय बदरको माग गर्दै ओम्नीले सर्वोच्च अदालतमा रिट हालेको थियो । यद्यपि, सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार ग¥यो ।
मलका ठेकेदारमाथि तत्काल कारबाही नगर्न उच्च अदालतको अन्तरकालीन आदेश
समयमा युरिया मल नल्याएपछि सरकारको कारबाहीमा परेका शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई तत्काल कुनै कारबाही नगर्न उच्च अदालत पाटनले सोमबार अन्तरकालीन आदेश दिएको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले यस्तो आदेश गरेको हो ।
उच्च अदालतले बुधबार दुवै पक्षलाई छलफलमा बोलाएको छ । रजिस्ट्रार बाबुराम दाहालका अनुसार बुधबार अन्तरिम आदेश जारी हुने–नहुने टुंगो लाग्नेछ ।
दुवै कम्पनीले कृषि सामग्री कम्पनीसँग २५–२५ हजार टन युरिया आयातको सम्झौता गरेका थिए । तर, समयमा मल आपूर्ति नगरेपछि कृषि सामग्रीले २१ भदौमा सम्झौता रद्द गर्दै जमानतबापतको करिब साढे नौ करोड समेत जफत गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध दुवै कम्पनी अदालत गएका थिए ।
यसैबीच, कृषि सामग्रीले दुवै कम्पनीलाई कालोसूचीमा राख्न सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको छ । २१ भदौमै कृषिले दुवै कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने पनि बताएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: